Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो छ निर्वाचन सार्ने तानाबाना

काठमाडौं। आफूलाई लोकतन्त्र र गणतन्त्रको जननी भने पनि जनता आफ्नो पक्षमा नभएका बेला माओवादीलाई अहिले चुनाव चाहिएकै छैन् । यसो उसो गरेर चुनाव सार्ने तानावाना बुन्दैछन् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अघि प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्ताव ल्याएर तरंग ल्याइदिएका छन् । उनले प्रतिनिधिसभाको चुनावलाई बढी प्राथमिकता दिएर स्थानीय चुनाव पछि धकेल्ने रणनीति बनाएका छन् । प्रचण्डले जे प्रस्ताव ल्याएपनि उनी चुनाव धकेल्न खोजिरहेको बुझ्न सकिन्छ । स्थानीय चुनाव प्रतिनिधिसभाको पछाडि या सँगै गर्ने उनको रणनीति देखिन्छ । प्रचण्ड निकट कानुन व्यवसायी समेत रहेका सांसद रामनारायण बिडारीले तीन तहको चुनाव एकसाथ गर्ने विषय बोलिसकेका छन् ।
प्रतिनिधि सभाको चुनावसँगै प्रदेश र स्थानीय चुनाव गरेर प्रचण्डले एकैसाथ तालमेलको माहोल बनाउन खोजेका छन् । सत्ता गठबन्धनभित्र तीन तहको चुनाव एकसाथ गर्दा कम्तिमा प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्न सकिने प्रचण्डको बुझाई देखिन्छ । यसबाट उनले राजनीतिक लाभ लिन खोजेका छन् ।माओवादी एक्लै चुनाव लड्दा देशभर केही स्थानमा बाहेक अन्यत्र जित्ने स्थिति छैन । रोल्पा, रुकुम, जाजरकोटबाहेकका क्षेत्र माओवादीका लागि एक्लै लड्दा सुरक्षित छैनन् । माओवादीले माधव नेपाल समूह देखि पूर्वमाओवादीसँग चुनावी गठबन्धनको पूर्वतयारी गरिसकेको छ । गठबन्धनभित्रको काँग्रेसर्सँग पनि गठबन्धनको प्रयास गर्दैछ । प्रतिनिधि सभाको चुनाव कि त जेठभित्र गर्ने या त्यही अवधिमा तीन तहको चुनाव एकसाथ गर्नेमा प्रचण्ड मात्र नभई माधव नेपाल पनि सहमत देखिएका छन् । उनीहरु यसैका लागि बरु चुनाव धकेलेर कात्तिमा पुर्याउन खोज्दैछन् ।