Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
एजेन्सी । कोरोना भाइरस का कारण सोमबार विहानसम्म १२ लाख ७२ हजार मानिस संक्रमित भएका छन् । कोभिड १९ का कारण ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् । इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । १९ मार्चयता इटलीमा २४ घण्टाको अन्तरालमा मृत्यु हुने यो सबैभन्दा कम संख्या हो । इटलीमा कोभिड १९ संक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ ।
स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । स्पेनमा यो महामारीका कारण अहिलेसम्म १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ र अहिलेसम्म १ लाख ३१ हजार भन्दा बढीमा यो रोगको संक्रमण देखिएको छ । अमेरिकामा कोभिड १९ को संक्रमण लगातार बढ्ने क्रममा छ । अमेरिकामा संसारमै सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । अमेरिकाको न्युयोर्क सिटी कोभिड १९ का कारण सबैभन्दा बढी प्रभावित भएको छ । न्युयोर्कमा मात्र २ हजार २ सय ५६ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि सबैभन्दा बढी प्रभावित देश फ्रान्स बनेको छ । जहाँ ८ हजार मानिसको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा यहाँ मृत्यु हुनेको संख्या ३ सय ५७ पुगेको छ, शनिबार भने यहाँ ४ सय ४१ जनाको मृत्यु भएको थियो । फ्रान्समा अहिलेसम्म ९० हजार भन्दा धेरैमा कोभिड १९ संक्रमण देखिएको छ । बेलायतमा बितेको २४ घण्टामा ६ सय २१ जनाको मृत्यु भएको छ । यहाँ मृत्यु हुनेको संख्या ४ हजार ९ सय ३४ पुगेको छ । संक्रमितको संख्या ४८ हजार भन्दा बढी पुगेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोन पनि अस्पताल भर्ना भए भएका छन् ।
भारतमा अहिलेसम्म ३ हजार ५ सय ७७ जनामा कोभिड १९ को संक्रमण देखिएको छ भने ८३ जनाको मृत्यु भएको छ । आइतबार मात्र ५ सय ५ जना नयाँ संक्रमित भेटिएका छन् । भारतको २ सय ७४ जिल्लामा कोभिड १९ को संक्रमण भेटिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल