Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पार्टीका बुद्धिजीवी र विज्ञहरूको कुरा भाँडमा जाओस् हरेक विषय मजाकमा उडाएर आफ्नै दुनो सोझ्याउन व्यस्त नेकपाको सरकार र त्यो पार्टीका मन्त्रीले पार्टीकै बदनाम गर्दा पार्टी मुक दर्शक भएको छ । पेशागत संस्थाहरू सरकारको अकर्मन्यताले आक्रोशित भएर नेतृत्व विहिन बन्दैछन् । बालुवाटार प्रकरणमा महासचिव मुछिए, वाइडवडी प्रकरणमा स्व. रविन्द्र अधिकारीको तेजोबध गरियो, एनसेल कर प्रकरणमा त्यस्तै भयो, ठूला करदातामा त्यस्तै छ, राजश्व अनुसन्धान होस् वा सम्पत्ति शुद्धिकरण किन नहोस्, सरकारका असफलता मात्र बढेका छन् ।
उखान टुक्का हालेर कम्युनिष्ट पार्टीको पतन शुरु गरिँदैछ । राम्रो कामको सिको चीनबाट लिए पनि हुन्छ, भारतबाट सिके पनि हुन्छ । राज्यसँग धन छ तर जनताको पक्षमा खर्च गरिएको छैन । जनप्रतिनिधिको तलब बढाउने र भत्तामा फुर्मास गर्नकै लागि जनताले ८० प्रतिशत मत नेकपालाई दिएको होइन । प्रधानमन्त्री पार्टीको अध्यक्ष समेत छन् । उनी विना पार्टीका निर्णय पनि हुँदैनन् । भ्रष्टमन्त्री हटाउन अर्का अध्यक्षले सहमति दिँदा प्रमलाई सल्लाह दिएको हुँदैन, चुक्ली लगाउने औजार बनेका थुप्रै उदाहरण छन् । नालायक अर्थमन्त्रीले पुँजीबजार ध्वस्त बनाए, सानो लगानी आकर्षण गर्नु पर्नेमा बन्द गर्न अर्थमन्त्री सफल भए । जलविद्युत र उद्योगको क्षेत्रलाई अनुत्पादक बताएर लगानीकर्तामाथि प्रहार गर्नेक्रम बढीरहेको छ । केपी ओलीको यो कार्यकाल देशको प्रगति होइन, अधोगति बढ्दो भो, ५ वर्षसम्मको जनादेशलाई लत्याउन सरकारका सबै क्षेत्र लागेका छन् ।
जीवनभरका लागि पुग्यो शाखा सन्तानका लागि सम्पत्ति जोड्न सबै सक्रिय छन् । नालायक र भ्रष्ट मन्त्रीहरूलाई च्यापेर प्रम ओलीले कस्तो समृद्धि र विकास खोजेका हुन् ? सरकारकै कारण अराजकता बढेको छ, करको डण्डाले जनता थचक्कै भएका छन् । बिलासिताको रंगमञ्चमा मन्त्रीहरू रमाएका छन् । कानुन छ, प्रहरी छ, सेना छ, कर्मचारी छन् । तर दुई तिहाईको सरकार निरिह छ । यो सरकारलाई रवि लामिछानेले हल्लाए, ज्ञानेन्द्र शाहीले चम्काए । पार्टीमा अनुशासन छैन, ओली गुटले जे बोले पनि जे गरे पनि भएको छ । सरकारले राम्रो गरेको भए, स्थानीय तहले जनपक्षीय काम गरेको भए कम्युनिष्ट पार्टीका विरुद्धको जनमत बढ्ने थिउन । साधारण जनताको भाउ छैन, सत्ताको मनपरी पत्रकारको नाउँमा दिलाइने पुरस्कार होस् वा मानपदवीमा पूरै मण्डले करण गरिएको छ ।
ओलीलाई कुल देवता मान्नेका लागि ओली ब्राण्डले सेवा पु¥याएको छ । नीतिगत दिग्भ्रमित चरित्रको प्रतिपक्ष देशमा छ । जसको पालामा बालुवाटार प्रकरण चम्कियो, वाइडबढीको कमिशन लेनदेन गरियो, त्यस्को बारेमा बोल्न अरिंगाल र छौडाहरूलाई समेत निर्देशन दिन सक्ने अवस्थामा सरकार कसरी पुग्यो ? यसबारे नत प्रधानमन्त्रीलाई चासो छ नत पार्टीको नेतृत्वलाई मतलब छ ।
जहाँ हात हालेको छ, त्यहाँ विवादमा परेको स्थिति सरकारको छ । मिडिया काउन्सिल, गुठी विधेयक, सुरक्षा सम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा नीति, मेडिकल शिक्षाको लुट जस्ता विषयमा सरकार थचक्कै भो त्यस सम्बन्ध्ी विज्ञहरू पार्टीेमा थिए, कसैलाई छलफलमा राखिएन । अहंकारको हुर्केलोमा दौडीन मुस्किल हुन्छ । उखान टुक्काले देश चल्दैन रहेछ भन्ने कुरा यो अवधिमा छर्लङ्ग भइसक्यो । प्रधानमन्त्री ओलीको यही गतिले कसरी देश समृद्धिको बाटोमा लाग्छ ? उनको सचिवालय भ्रष्ट छ मन्त्री भ्रष्टछन् गुठीयार भ्रष्ट छन् ।
गुटको भरमा सरकार र पार्टी चलाउन खोज्दा पार्टी नेतृत्व बदनाम भएको छ । अवसरवादी कार्यकर्ता जता नाफा हुन्छ, उतै लाग्न थालेको बेला ओलीबाट लुट्न पाए, पाएसम्म ओलीतिर लुट्न पाउनासाथ प्रचण्डतिर लाग्ने नेकपामा कति छन् बेलैमा ओली र उनको मण्डलीले सोचे हुन्छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल