Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यस्तो रहेछ विश्वको पहिलो उपन्यासको पाण्डुलिपि

उपन्यास अर्थात् साहित्य लेखनको इतिहास लामो छ । दुनियाँका धेरै उपन्यासहरू सयौँ वर्षअघि समेत लेखिएका छन् । शदियौँअघिका ती कृतिमध्ये अधिकांशका प्रथम हस्तलिखित संस्करण अर्थात् पाण्डुलिपि छैनन् र केवल प्रकाशित प्रतिलिपि मात्र छन् । तर विश्वको पहिलो उपन्यासको हराएको पाण्डुलिपिको एउटा पाना फेला परेको छ । विश्वको पहिलो उपन्यास मानिने द टेल अफ जेन्जीको हराएको हस्तलिखित भाग फेला परेको हो । भेटिएको पाण्डुलिपि उपन्यासको पाँचौँ खण्ड हो । जापानको टोकियोमा यो हस्तलिखित पाण्डुलिपि फेला परेको हो । स्थानीय मोटोफुयु ओकाचीको घरमा रहेको ट्वाइलेट कोठामा यो उपन्यासको हस्तलिखित पानाहरू फेला परेका हुन् । मुरासिकी शिकिबु नामकी लेखिकाले दशौँ शताब्दीमा उक्त उपन्यास लेखेकी थिइन् । सो उपन्यास मिकवा योशिदा डोमेन वंशका जापानी सम्राटका छोरा जेन्जीको जीवनमा आधारित छ । कुल ५४ अध्याय रहेको उक्त उपन्यास दशौँ र एघारौँ शताब्दीको बीचमा लेखिएको हो । यसमा जेन्जीको युद्ध कौशल, राजनीतिक तथा रोमान्टिक जीवनको वर्णन छ । यो उपन्यासको पाण्डुलिपि जुन व्यक्तिको ट्वाइलेट कोठामा फेला प¥यो, उनको परिवारको सम्बन्ध मिकवा योशिदा डोमेन वंशसँग रहेको बताइन्छ । यो उपन्यासको सबैभन्दा पुरानो संस्करणलाई कवी फुजिवारा टिकाले पुनः लेखेका थिए । सन् १२४१ मा उनको मृत्यु भयो । यो उपन्यासमा जेन्जी र एक महिलाबीचको प्रेमको कथा पनि छ । हालै फेला परेको पाँचौँ अध्यायमा प्रेमिकाबाट पत्नी बनिसकेपछि मुरासाकी नामकी महिलाले धोकापूर्ण तरिकाले जेन्जीको हत्या गरेको कथा रहेको छ । – एजेन्सी


सम्बन्धित समाचार

यी ठाउँमा सुध्रन समय लाग्छ

२०८३ बैशाख ११

ताजा नेपाल

देउवा पक्षले खोज्दैछ निहुँ

२०८३ बैशाख ११

ताजा नेपाल

आज बीसौँ लोकतन्त्र दिवस

२०८३ बैशाख ११

ताजा नेपाल