Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यहाँ पनि पराजित सरकार, पाण्डेले जित्ने निश्चित

दाङ । लुम्बिनी प्रदेशको रिक्त एक सिटमा भइरहेको राष्ट्रिय सभा उपनिर्वाचनको मतदान अन्तिम चरणमा पुगेको छ । अब प्रदेशतर्फ ३ र स्थानीयतर्फ ५ जनप्रतिनिधिले मात्र मत खसाल्न बाँकी रहेको छ । आज १ बजेसम्म स्थानीयतर्फको मतदान केन्द्रमा ८० महिला र १०८ पुरुषले मत खसालेका छन् । यस्तै प्रदेशसभा तर्फको मतदान केन्द्रमा ३० महिला र ५० पुरुषले मतदान गरेका छन् । य

स्तै कोभिड तर्फको मतदान केन्द्रमा प्रदेशका ३ र स्थानीय तहतर्फका २१ जनप्रतिनिधि गरी २४ जनाले मत खसालेका छन् । यससँगै हालसम्म स्थानीय र प्रदेशतर्फ गरी २९२ जनप्रतिनिधिले मत खसालेका छन् । जसमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणाले मतदान नगर्ने यसअघि नै घोषणा गरिसकेका छन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी मतदान दिउँसो ३ बजेसम्म रहने बताइएको छ । यस्तै मतदानलगत्तै निर्वाचनको नतिजा आज नै घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । निर्वाचनमा प्रदेशसभाका ८३ सदस्य र स्थानीय तहका २१७ जनप्रतिनिधि मतदाता छन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ । नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली काँग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन् । उनीहरु दुवै हिजो एमालेबाट पदका निम्ति लडेका थिए । तर अब भने पाण्डे र खड्काको कित्ताकाट भयो । चुनाव पाण्डेले जित्ने निश्चित छ ।


सम्बन्धित समाचार

ट्रम्पको चीन भ्रमण अन्योलमा

२०८२ चैत्र ४

ताजा नेपाल

आफ्नै मान्यलाई रविले दिए चेतावनी

२०८२ चैत्र ४

ताजा नेपाल

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल