Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यातायात व्यवसायी धर्नामा

काठमाडौं । सार्वजनिक यातायात व्यवसायीहरूले सात बुँदे मागसहित चरणबद्ध आन्दोलन थालेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघर मण्डलामा सवारीसाधनमा कालो झण्डा राखी विरोध र्‍याली निकालिएको हो। व्यवसायीहरूले गाडीमा कालो झण्डा राख्नुका साथै निधारमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। उनीहरूले बागमती प्रदेश सरकारको सवारी तथा यातायात व्यवस्था ऐन २०७५ को दफा १३ को उपदफा ४ तत्काल खारेज गर्न, राइड सेयरिङ एप्स बन्द गर्नुपर्ने लगायतका मागहरू राखेका छन्। यसअघि, आन्दोलनको पहिलो चरणअन्तर्गत व्यवसायीहरूले रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका थिए। उनीहरूले कालो झण्डा देखाएर ६ वटै प्रदेशबाट विरोध र्‍याली गरेका छन्। व्यवसायीहरूले यदि जेठ १९ गतेसम्म मागहरू पूरा नभएमा देशभर सार्वजनिक यातायात सेवा अनिश्चितकालका लागि बन्द चेतावनी दिएका छन्।