Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । हालसालै बजारमा आएको नेपाली उत्पादन यात्री मोटरसाइकल गुड्दागुड्दै भाँचिएको तस्बिर सामाजिक सञ्जालमा सोमबार भाइरल भयो। सोमबार दिउँसो यो कम्पनीको मोटरसाइलको च्यासिस भाँचिएको तस्बिरहरू सार्वजनिक भएको थियो। केही दिनअघि मात्र बजारमा आएको यात्री मोटरसाइकलको चेसिस भाँचिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि यसको विश्वसनीयतामाथि कतिपयले प्रश्न उठाएका छन्। तर, कम्पनीले भाँचिएको मोटरसाइकल व्यावसायिक रूपमा बजारमा नपठाइएको दाबी गरेको छ। यात्री मोटरसाइकल कम्पनीले एक सूचना निकालेर यस्तो दाबी गरेको हो। यात्री कम्पनीले यो दुर्घटना बेचिएको मोटरसाइलकमा नभएर कम्पनीले नै परीक्षण गर्ने क्रममा भएको जनाएको छ। ‘दुर्घटनामा परेको बाइक फस्र्ट पोर्टटाइपको मोडल हो, जुन पहिलोपटक उत्पादन गरिएको हो बाइक हो। यो आफैंंमा सुरक्षा परीक्षणका क्रममा रहेको थियो,’ कम्पनीले सूचना निकालेर भनेको छ। आन्तरिक परीक्षणका क्रममा रहेका बेला बाइकको चेसिस भाँचिएको कम्पनीले जनाएको छ। ‘नयाँ डिजाइनको एक भागको रूपमा हामीले लगातार यात्रीका नयाँ भागहरू र प्रणालीहरू परीक्षण गरिरहेका छौं,’ सूचनामा भनिएको छ। आन्तरिक परीक्षण कार्यक्रमको एक भागको रूपमा आफ्ना चेसिस इन्जिनियरहरूले नयाँ चेसिस परीक्षण गरिरहेको पनि कम्पनीले बताएको छ। चेसिस भाँचएिको बाइक व्यवसायिक प्रयोजनका लागि हालसम्म बजारमा गइ नसकेको र परीक्षणकै क्रममा रहेको यात्री कम्पनीको भनाइ छ। ‘दुर्घटनमा परेको बाइक व्यवसायिक प्रयोजनका लागि हालसम्म बजारमा गइसकेको छैन, परीक्षणकै क्रममा रहेको छ। हामी आशा गर्दछौं कि यसले हरेकखाले भ्रम हटाउन मद्त गर्नेछ,’ कम्पनीले भनेको छ।
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ९
ताजा नेपाल
२०८३ जेष्ठ ८
ताजा नेपाल