Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यात्रुलाई सकस, तुइनखोलामा फेरि पहिरो

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ। गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ। पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ। यसअघि बिहान ७ बजे पनि पुलनजिकै पहिरो खसेको र आधा घण्टाभित्र कार्यालयले पहिरो हटाएर यातायात सुचारु गरेको थियो। गत मंगलबारदेखि सोही स्थानमा ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो। गत बिहीबार पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भए पनि आज पुन सो स्थानमा पहिरो झरेको हो। यसले दशैँ मनाउन घर हिँडेकाहरु अलपत्र परेका छन्।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल