Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यादवसँग परामर्श नगरी मन्त्रिपरिषद् पुनर्गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेसँगै सत्ता साझेदार दल समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ ।
आफूहरुसँग कुनै छलफल नगरी ओलीले मन्त्रिमण्डल हेरफेर गरेको भन्दै सो पार्टी रुष्ट बनेको छ । समाजवादी पार्टीका एक नेताले आफ्नो पार्टीसँग कुनै छलफल नगरी ओलीले मनपरी ढंगले मन्त्रिमण्डल पुनर्गठन गरेको भन्दै आपत्ति जनाए ।
ओलीले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको भूमिकामा रहेका उपेन्द्र यादवलाई कानुनमन्त्रीको जिम्मेवारी दिएका छन् । उनको उपप्रधानमन्त्रीको जिम्मेवारी भने यथावत छ । यस्तै स्वास्थ्य राज्यमन्त्रीको भूमिकामा रहेका सुरेन्द्र यादवलाई हटाइएको छ । समाजपादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव हाल भारतको दिल्ली भ्रमणमा रहेका छन् । उनी दिल्लीबाट फर्किएपछि बैठक बसेर सरकारबाट बाहिरिने बारे निर्णय लिइने बताइएको छ।
ओलीले बुधबार साँझ ६ मन्त्री र ३ राज्यमन्त्रीसहित ९ जनाको नयाँ नियुक्ति गर्दै त्यतिनै संख्याका मन्त्री तथा राज्यमन्त्रीको बिदाइ गरेका थिए ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल