Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनकै हो राज्य सत्ता ?

काँग्रेस र एमाले मिलेपछि जे पनि हुन्छ । कानुन नै बदलिन्छ । मैले राज्यको केही लिएको छैन भन्ने उनै विद्या भण्डारीले मासिक बृद्धि ५० हजार र सुरक्षाकर्मीको नाममा घर भाडा लिएको कुरा गृहश्रोतले बताउँथ्यो । प्रधानन्त्री केपी ओलीको कार्यकाल कथित लोकतन्त्रका गहना डा. रामवरण यादवलाई राजधानीमै घर भएर पनि १ लाख ३२ हजार घरभाडा, विद्या भण्डारीका नाममा मासिक १ लाख घरभाडा गृहले दिएकै हो । एमालेको नेतृत्वले त्यो बुझ्नु पर्दैन किनकि एमाले भनेको यो देशको सर्वश्रेष्ठ पार्टी हो । एमाले कानुन भन्दा माथि, संविधान ऐन कानुन प्रयोग गर्न नपर्ने पार्टी भएको छ ।
ओली सरकारले पूर्व विशिष्टका लागि दिलाउने सेवामा ध्यान दिनु नै जबज हो । जनताको बहुदलीय जनवाद भनेको राज्य लुट् नै हो । राज्यको श्रोत धुत्नु नै एमालेको मुल दायित्व हो । जहाँ मदन भण्डारी पत्नी विद्या पनि सरिक भइन् । उनले पहिला पनि राज्यबाट केही लिन्न भनेकी थिइन् । छोरीको घरमा बास छ भनेर सुरक्षाकर्मीको नाममा लिएको त्यो पैसा र मासिक बृद्धिको नाममा लिएको पैसाले कस्तो सन्देश दियो ? राजनीतिमा आउँदा फिर्ता भयो । काँग्रेसका डा. रामवरण यादवले देशको धन कसरी कुम्ल्याउँछन् त्यो आफ्नै ठाउँमा छ । उनी त चुल्हो बलेन भनेर एकै पटक रु ३५ लाख झ्वाम पार्ने पूर्व विशिष्ट हुन् । जसले बीपीको सिद्धान्त सिके डाक्टर भए । डा. यादवको देखासिकीले एमाले अध्यक्षले भक्तपुरको बालकोट दरबार लुकाएर मासिक रूपमा घरभाडाका नाउमा राज्य दोहन गर्न सिकाए भने नौलो हुन्न । किनकि केपी ओलीका लागि राज्य लूट्न छूट छ । राज्य दोहन यिनको यिनको दायित्व र अधिकार हो । यो लुटमा काँग्रेसले मात्र होइन आफू क्रान्तिबाट आएको दाबी गर्ने नेकपा माओवादी पनि मिल्छ । माओवादीको पनि प्रदेश मुख्यमन्त्री, सभामुख छन् । ओली सरकारले पूर्व विशिष्ट भनेर प्रम, सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिसम्मलाई तोक्दा लोकतन्त्रका पूर्व प्रमहरू डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, केपी ओलीसम्म जोडिन्छन् । यो सरकारको धन्दा नै यस्तै हुन्छ । किनकि यहाँ काँग्रेस, एमाले भएपछि देश चल्छ भन्ने घमण्ड छ । त्यो घमण्ड तोड्ने आँट राज्यको तर्फबाट पाउने सुविधा खान्न भन्ने को होला ? अपराध जति गरे पनि हुन्छ । विद्या भण्डारीले राज्यको सेवा लिन्न, सुरक्षाकर्मीका नाउमा घर लिन्न भन्न सक्नुपथ्र्यो । जनताको मान्छे भए जनताको कुरा प्रमुख हुन्छ । तर व्यवस्था ल्याउन कति मरे ? धनुषाका डा. रामवरणलाई पाल्दैछ । तेह्रथुमकी विद्या भण्डारीलाई राज्यले जबर्जस्ती पाल्न पर्दैन भनेकी छन् । डा. रामवरण त जति दिए पनि भो भन्दैनन् । किनकि उनी पहिलो राष्ट्रपति बन्न पाउनु नै माओवादी अध्यक्ष प्रचण्डले बढी बाठो हुँदै प्रस्तुत हुनु हो ।
क्रान्तिबाट आएको पार्टीको अध्यक्ष र नेता यसरी पतन हुन्छन् भन्ने धेरैलाई विश्वास थिएन । आज गृहलाई अगाडि सारेर पूर्व विशिष्टले लुट्ने बाटो खुलाउन ओली सरकार लागेको कुरा लुकाउन पर्दैन । किनकि देशको स्थिति यिनले हेर्दैनन् । राष्ट्रको अर्थतन्त्रका बारेमा यिनलाई चासो हुन्थ्यो भने पूर्व विशिष्टका नाममा कानुन बनाउन तम्सने थिएनन् । स्वार्थ पूरा गर्न संसद भत्काउन उनी सफल छन् ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल