Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनैलाई छ गणतन्त्रको स्वाद : पाँच पाँच वर्षमा नयाँ राजा थप्दै पाल्दै

काठमाडौं । सुकुम्बासी थिएनन्, सीप नभएका पनि होइनन् । देशका प्रथम राष्ट्रपतिलाई राज्यले पाल्नु पर्ने राज्यकै खर्चमा करोडौं उपचार खर्च गर्नु पर्ने, जनताले सरकारबाट सिटामोल नपाउने । क्या गजबको गणतन्त्रात्म्क पद्दति चल्दैछ, गरिब नेपालीका धनी नेताको शासनमा त्यो पनि दश वर्षे जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएकै छन् । काँग्रेसका डा. रामवरण यादवका लागि सरकारले वर्षमा ५० लाख खर्च गर्छ । हिजो राजाले कुम्ल्याए भन्नेले आज आफैंले कुम्ल्याउँदा लाज छैन । यिनको समाजप्रतिको दायित्व पनि छैन । रामचन्द्र पौडेलले पनि उपचार खर्च मज्जाले लिए । पहिले आफैं तिर्छु भनेर नाटक गरे । पैसा देखेपछि महादेवको पनि तीन नेत्र भनेझैं भयो रामचन्द्रको आदर्श, पूर्व राष्ट्रपतिका नाममा राज्यकोषबाट वार्षिक १ करोड खर्च भएको छ । विद्या भण्डारीले घर भाडा लिन्न भन्दै गर्दा १ लाख घर भाडा लिएर २० जना सेना लिएकै छिन् । डा. रामवरण त झन् के कम प्रचण्डको दम्बले स्थान पाएका उनले आफ्नो घर साँघुरो छ भनेर मासिक १ लाख ९४ हजार घर भाडा बुझ्न लाज भएन । उनले उपचार खर्च मात्र पटक पटक गरी १ करोड भन्दा बढी लिएका छन् । चुनावी सरकारको नेतृत्व गरेका बेला तत्कालिन प्रम देउवाको मन्त्रीपरिषद्ले घरमा चुल्हो बलेन भन्दै रु ३५ लाख तिनै डा. यादवलाई पोसेका थिए । त्यो बेला अर्थमन्त्री जनार्दन शर्मा थिए । जनताको निम्ति सरकार छैन भन्ने कुरा हरेक ५ वर्षमा एउटा राजा थप्यो त्यसैलाई जनताले तिरेको करबाट वार्षिक ५० लाख बुझायो गणतन्त्रको प्रचार ग¥यो भएकै छ । गाडी, २७० लिटर इन्धन, ड्राइभर २०÷२१ जना सेनाका गार्ड, उपसचिव र अधिकृतस्तरका कर्मचारी र सहयोगी समेतको तलब भत्ता राज्यले दिएकै छ । गरिब देशका धनी नेताले लोकतन्त्रको फाइदा लिने यसरी नै हो । बिजुली, पानीको बिल अनुसार भुक्तानी, अतिथि सत्कार, पत्रपत्रिका, फोन खर्च राज्यकै श्रोतबाट । अर्थमन्त्रालयको हिसावमा देखिएका रु १७ करोड ३६ लाख खर्च गरेर देशले बचाएको एमाले अध्यक्ष केपी ओली सुकुम्बासी थिएनन् । झण्डै अर्ब सम्पत्तिका धनी केपी ओलीबाट नत वामपन्थी आन्दोलन सुदृढ भयो नत गरिबले एक सरो लगाउने, पेटभर खाने, बेरोजगारले रोजगारी पाउने अवसर पाए । ४१ महिने उनको शासनमा बेथिति, विकृतिले स्थान लियो । कम्युनिष्ट एकता भंग भयो । संसद २ पटक भंग गरियो । हुकुमी राज चलाउने काम भयो । अहिले पनि एमाले हुकुमी शासनमा निर्भर छ । त्यहाँ ओलीको चाकडी गरेर जीवनभर संसद बन्न पाइने आशामा कुर्लने लुच्चा र भ्रष्टहरू थुप्रै छन् । विकसित देशको भूपू राष्ट्रपति, प्रधानमन्त्रीहरूको अवस्था पनि यिनले देखेकै छन् । राज्यलाई कंगाल बनाएर आफू धनी बन्ने सिद्धान्तकै कारण एनसेलले नाफाबाट कमाएको पैसामा राज्यलाई कर तिरेन, विद्युत प्रयोग गर्नेले पनि महसुल तिरेन । कर तिर्नेसँग पैसा खाने केपी, देउवा र प्रचण्ड अनि कहाँबाट उठ्छ कर ? ठेकेदारले भुक्तानी पाउँछ कसरी ? समाजसँग लाज छैन, लुटतन्त्रको व्यवहारप्रति घृणा छैन । काँग्रेस र एमाले पूर्व राजाका रुपमा डा. रामवरण र विद्या भण्डारी पाए । माओवादी र जसपा पूर्व उपराष्ट्रपतिलाई राज्य स्रोतबाट मासिक ५० हजार उपलब्ध गराउन ऐन नियम बनाउने भन्दैछन् । मृत्यु भएको परम्परागत शाह वंशीय राजा त नेपालमा तत्काल सम्भव छैन । दाजुको वंश नासपछि राजा बनेका व्यापारी ज्ञानेन्द्र शाहलाई बोकेर राजेन्द्र लिङदेन, कमल थापा र काँग्रेसका पात पतिङ्गरले गुणगान गाउँदैमा राजतन्त्र आउँदैन । तर नयाँ राजाका रुपमा स्थापित डा. रामवरण यादव, विद्या भण्डारीसम्मले लिएको सेनाको बथान, उपसचवि, अधिकृतस्तरको कर्मचारी, घर भाडा र मासिक ५० हजार र पेन्सन तत्काल बन्द गर्ने हिम्मत कम्युनिष्टहरूमा हुनुपर्छ । मुखले देशभक्त, श्रमजीवी, राष्ट्रवादी भनेको छ देशका नदीनाला भारतलाई सुम्पने अपराधीहरूको भण्डाफोर हुनुपर्छ । हरेक ५ वर्षमा एउटा राजा पालेर जनताको थाप्लोमा ८६ हजार ऋणको बोझ हट्नुपर्छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले दिएको रिपोर्टअनुसार भ्रष्टको देश बन्नुको कारण नै नेता हुन् । यस्ता कुरामा कहाँ गयो नागरिक समाज, कहाँ छन् नागरिक चेतना जगाउने अभियन्ताहरू, जनताले टोल टोलबाट आवाज उठाउन जरुरी छ ।


सम्बन्धित समाचार