Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यिनै हुन् बाउन्सरलाई खुकुरी हान्ने

काठमाडौँ । काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–२ घर भइ हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी बस्ने वर्ष ३३ को जीवन तामाङ, सिन्धुपाल्चोक बाह्रबीसे–८ घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष २७ को दोर्जे शेर्पा, बालक गाउँपालिका–२ का वर्ष २९ को बिनोद तामाङ, रामेछापको गोकुलगंगा गाउँपालिका–२ का वर्ष २८ को विकास श्रेष्ठ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० का बेल बहादर खत्री रहेका छन्। यस्तै, दोलखाको मेलुङ गाउँपालिका–३ का २९ वर्षीय प्रदिप तामाङ, काभ्रेपलान्चोक रोशी गाउँपालिका–४ का दिपेन लामा, मेलम्ची नगरपालिका–१० का २९ वर्षीय राजेन्द्र खत्री, कोशी गाउँपालिका–८ का ३२ वर्षीय दिपेन लामा र चाबहिलका २६ वर्षीय करण डंगोल पक्राउ परेका छन्।
यही असोज २५ गते नम्बर नखुलेका चार वटा मोटरसाइकलमा आएका ८ जनाले काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१३ घर भइ हाल काठमाडौं गल्कोपाखा बस्ने एक जना र पाँचथरको फिदिम नगरपालिका–१२ घर भइ हाल सोही स्थानमा बस्ने अर्का एक जनालाई पिछा गरी ज्यान मार्ने उद्देश्यले खुकुरी प्रहार गरेका थिए। अनुसन्धानका क्रममा उनीहरुलाई काठमाडौंका विभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
उनीहरुको साथबाट खुकुरी थान–३, प्र३००२–०१० प ३७६५ नं को एनएस मोटरसाइकल, प्र३०२(०११ प ४६४७ नं को २२० सीसीको पल्सर मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टा र च्यातिइ रक्तामे भएका कपडालगायत बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुमाथि ज्यान सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्यादथप अनुमति लिई प्रहरी बृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ।