Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यि नेताले मङ्सिर ७ गते पार्टी एकता घोषणा गर्दै

बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी, जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र अन्य समूहबीच एकता घोषणा हुने भएको छ।
काठमाडौँको राष्ट्रिय सभागृहमा हुने कार्यक्रमको तयारी तीव्र रूपमा भइरहेको छ, जसमा अन्य समूहलाई पनि सहभागी गराइनेछ।
एकता सहमतिमा हस्ताक्षर भइसकेको छ, र नयाँ तथा वैकल्पिक पार्टीहरूलाई मात्र निम्तो दिइएको छ।
काठमाडौँ । मङ्सिर ७ गते बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नयाँ शक्ति, जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान, सन्तोष परियार नेतृत्वको समूह लगायत समूहसँग एकता घोषणा हुने भएको छ ।

वृहत् एकता घोषणासभाको तयारी तीव्र गतिमा अघि बढेको नेसपा नयाँ शक्ति का प्रचार विभाग प्रमुख रेखी गुरुङले जानकारी दिए । राष्ट्रिय सभागृह काठमाडौँ हुने कार्यक्रममा तीन घटक बाहेक अन्य समूहलाई पनि ल्याउने गरी छलफल भइरहेको गुरुङले बताए ।

नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच कात्तिक २८ गते एकता सहमतिमा हस्ताक्षर भएको थियो । एकता सभा कार्यक्रममा नयाँ र वैकल्पिक पार्टीलाई मात्र निम्तो दिएको छ । अतिथि क–कसलाई बोलाउने भन्नेबारे निर्णय लिन दिउँसो बैठक बस्ने गुरुङले बताए ।

नयाँ शक्तिले विवेकशील साझा, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेनजीका विभिन्न समूहसँग एकताका लागि छलफल जारी राखेको छ । तर निष्कर्षमा नपुगेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।


सम्बन्धित समाचार

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल