Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी वरिष्ठलाई कहिले लाग्ला लाज ?

काठमाडौं । पैसा पाइन्छ भन्दैमा जेसुकै काम पनि गर्नु हुँदैन । कुनै पनि पेशामा नैतिकताको कुरा आउँछ । नैतिकता र इमान्दारिता पैसा भन्दा ठूलो होइन । व्यवसया र मर्यादालाई पैसाले गलाउन सक्दैन भन्ने मान्यतालाई केही कानुनका वरिष्ठ भनिएकाहरुले चुनौती दिँदै पैसाका निम्ति अपराधीका अगाडि आत्मसमर्पण गरेका छन् । इटाभट्टामा जिउँदै मान्छे पोल्ने हिटलर र इदिअमिन चरित्रका मोहमद आफताव आलमको पक्षमा कथित पेशाकर्मीको नाउमा वकालत गर्ने शम्भु थापा, शेरबहादुर केसी, रमण श्रेष्ठ जस्ता चरित्र र सर्वोच्च अदालतलाई सिआइएको डिजाइनमा चलाउने सुभाष नेम्वाङ, अग्नि खरेल, पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको व्यवहार फरक भएन । नेकपाको ओली ब्राण्डको डिजाइनमा तत्कालिन नेकपा एमालेद्वारा परिचालित एनजीओ र आईएनजीओहरूले जासुसी संयन्त्र परिचालन गरेको धेरैलाई थाहा छ । काँग्रेसको पोल्टाका दमननाथ ढुंगाना होउन वा चरण प्रसाई र सुदिप पाठक कपिल श्रेष्ठ किन नहुन् । यिनको परिचालन गर्ने कनकमणि कम्पनी थियो । जसको भण्डाफोर वर्षमान पुनले गराएकै हुन् । यो कम्पनीमा गगन थापा, प्रदीप पौडेल जस्ता पश्चिमाले चलाएका काँग्रेसी सहभागी छन् । कनकले संघीयताको नाउमा डलर ल्याए खाए । गगनले कृषि, व्यापार आयोजना प्याक्टको नाममा कुम्ल्याए, प्रदीपले युवाहरूकै विदेश व्यापार गरे । तर तत्कालिन एमालेका काँधै दुर्गन्ध पार्ने वरिष्ठ अधिवक्ता शम्भु थापा, काँग्रसका दुर्गन्ध शेरबहादुर केसी, प्रेमबहादुर खड्का, माओवादीको नाउमा काँग्रेसको सति जाने रमण श्रेष्ठ, अधिवक्ताहरू सुनिल पोखरेल र योगेन्द्रबहादुर अधिकारीले जासुसी गरेनन् । तत्कालिन एमालेका व्यक्तिहरूको जासुसीले ज्यान गुमाएका माओवादी परिवार कति छन् ? प्रधानमन्त्री केपी ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग बेपत्ता छानविन आयोग समयमा गठन गर्न नचाहनुको कारण खोज्नु पर्दछ । त्यसतर्फ कसैको ध्यानै छैन । मोहमतको पछि लागेका रमणले यस्तो आयोग्य रुचाउने कुरै भएन । सर्वोच्च अदालतमा हरिकृष्ण कार्की, सपना प्रधानलाई भिœयाइयो । उनीहरू युरोपेली युनियनका नेपाली दलाल थिए । राष्ट्रपति कार्यालयमा पठाइएका सुशील प्याकुरेल प्रदेश १ का राष्ट्रिय योजना आयोगमा उभ्याइएका डा. सुबोध प्याकुरेल यिनीहरूका भान्जा डा. कुन्दन अर्याल आवद्ध इन्सेकको लगानी कहाँबाट आउँछ ? तत्कालिन एमालेका छुद्र नेता प्रदीप नेपाललाई कण्ठ छ । नेपालमा अबका दिनमा इन्सेक झन सक्रिय हुनुपर्छ मन्दिरा शर्माहरू जाग्नुपर्छ । नेपालको न्यायालयमा दलाल र देशघाती भित्रिँदा पूर्वाग्रहले ग्रसित मुद्दा कहाँ लगेर दबाइन्छ भन्ने उदाहरण धेरै छन् । प्रेस काउन्सिलको भवानी बराल प्रकरण त नमूना मात्र हो । त्यही अदालत पैसा लिँदै अजय सुमार्गीलाई जिताउँछ विदेशी पैसाको श्रोत खोज्दैन । त्यही अदालत ठेकेदार विक्रम पाण्डे, शारदाप्रसाद अधिकारीलाई राज्यकोषमा मनपरी गर्दा कानुनी दायरा दर्शाउन सक्दैन । तर त्यही अदालतले इदिअमिन मोहमद आफताब आलमको मुद्दा कमजोर बनाउन सक्छ । किनकि दरबारका सेबक शाही कालका अर्थ राज्यमन्त्री डा. रुपज्योतिको धतुरो झार्दा सरकारलाई कर नतिर्ने तर फोब्र्सको सूचिले नेपालको धनाढ्यमा पारेका विनोद चौधरी तर्सनु पर्दैन । किनकि चौधरी हिजो एमाले सांसद आज काँग्रेसी सांसद भएकै छन् । प्रधानमन्त्री केपी ओलीले मुख्य सल्लाहकार राखेका विष्णु रिमाल त्यही चौधरी समूहको कर्मचारीबाट ट्रेड युनियनको नेतासम्म भएकै छन् । यिनको जिफन्ट पनि युरोपेली युनियनको डलरमा चलेको संस्था हो । पेशा र व्यवासयमा नैतिक आचरण हुन्छ कि हुन्न ? यो कुरा वरिष्ठ कानुन व्यवसायीहरू शम्भु थापा, शेरबहादुर केसी, रमण श्रेष्ठहरूलाई सोध्नु पर्ने भयो । थापाले एमालेको बुई चढे सांसदको उम्मेदवार बनेर बल्ड्याङ खाएकै हुन् श्रेष्ठलाई यस्तै आचरणले प्रधानमन्त्री बन्दा पुष्पकमल दाहालले महान्यायाधीवक्ता बनाएका थिए । केसी पनि काँग्रेसी आडमा मौकाको फाइदा लिने कानुन व्यवसायीका रुपमा चिन्छन् । यस्ता वकिल देशमा छन् जनताले कस्तो न्याय पाउलान् ? जहाँ अपराध छ त्यहाँ वरिष्ठको लर्को लाग्छ भने अपराधीको पक्षपोषण गर्ने वरिष्ठको के अर्थ ? पार्टी अध्यक्ष प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष पदमा सिफारिश गर्दा पचाउन नसकेका रमन श्रेष्ठलाई आफताव आलमको मुद्दा हेरेबापत प्राप्त हुने खान्कीले कति दिन टिकाउला ?


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल