Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् ओलीको दम्भ गिराउन तयार मान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मँ ओलीको दम्भ गिराउन माधव नेपाल र झलनाथ खनाल समूहले आफ्नो सांसद पद नै तिलाञ्जली दिने भएको छ । नेकपा एमालेभित्रको सत्तासंघर्ष अन्तिम अवस्थामा पुग्दा नेता माधवकुमार नेपाल समूहका सांसदहरु राजीनामाका लागि तयारी अवस्थामा छन् । राजीनामा दिनैपरे माधव नेपाल समूहका ३३ सांसद हस्ताक्षरसहित तयारी अवस्थामा छन् । राजीनामा दिन तयार भएकामध्ये २२ जना प्रत्यक्ष निर्वाचित हुन् । बाँकी ११ जना समानुपातिकतर्फका सांसद हुन् । समानुपातिकतर्फका सांसदले राजीनामा दिएमा बन्दसूचीमा रहेका त्यसभन्दा मुनीकाले अवसर पाउँछन् । तर, प्रत्यक्षतर्फ निर्वाचितको सिट खाली रहन्छ । उपनिर्वाचन गर्नुपर्छ या त अर्को चुनावसम्म सिट खाली नै रहन्छ । एमलोभित्रको अहिलेसम्मको अंकगणितमा कुल १२१ सांसद छन् । प्रत्यक्ष निर्वाचित कुल ७९ सांसदमध्ये ओली समूहमा ५७ जना देखिएका छन् । नेपाल समूहमा २२ जना छन् ।
नेपाल(खनाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरु
१ झलनाथ खनाल, इलाम १

२ माधवकुमार नेपाल, काठमाडौं २

३ योगेश भट्टराई, ताप्लेजुङ

४ जयकुमार राई,सुनसरी १

५ भवानी खापुङ,तेह्रथुम

६ यज्ञराज सुनुवार, ओखलढुंगा

७ गणेश पहाडी, सिन्धुली १

८ पवित्रा निरौला खरेल, झापा २

९ जीवनराम श्रेष्ठ,काठमाडौं ८

१0 नारायण खतिवडा, नुवाकोट १

११ विरोध खतिवडा,मकवानपुर २

१२ सुरेन्द्र पाण्डे,चितवन १

१३ घनश्याम भुसाल,रुपन्देही ३

१४ गोकर्ण विष्ट,गुल्मी १

१५ मेटमणी चौधरी,दाङ १

१६ हिराचन्द्र केसी, दाङ ३

१७ दिपकप्रकाश भट्ट,कञ्चनपुर ३

१८ राजवहादुर बुढा,दैलेख २

१९  झपट रावल, कैलाली २

२० भीम रावल, अछाम १

२१ कृष्णलाल महर्जन, ललितपुर २

२२ सोमप्रसाद पाण्डे, पाल्पा खनाल

समानुपातिक सांसदहरु

१ रामकुमारी झाँक्री, गुल्मी

२ बिनादेवी बुढाथोकी मगर, कञ्चनपुर

३ मुकुन्द न्यौपाने, काठमाडौं

४ कल्याणीकुमारी खड्का, रौतहट

५ लक्ष्मीकुमारी चौधरी, कैलाली

६ गंगा चौधरी सत्गौवा, दाङ

७ निरादेवी जैरु, डडेलधुरा

८ समिना हुसेन, रौतहट

९ पुष्पाकुमारी कर्ण यादव, पर्सा

१० सरलाकुमारी यादव, रौतहट

११ कालिला खान, तनहुँ