Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् कतार वल्र्ड कपमा भिड्ने विश्वका ३२ टीम

काठमाडौं । कतारमा यसै वर्ष हुने विश्वकप फुटबलमा ३२ टोलीकै टुंगो लागेको छ । गएराति कोस्टारिकाले न्युजिल्यान्डलाई १(० ले पराजित गरी विश्वकपको यात्रा तय गरेपछि टोलीहरुको टुंगो लागेको हो । मङ्गलबार राति अष्ट्रेलिया छनोट भएको छ । उसले पेनाल्टी सुटआउटमा दक्षिण अमेरिकाको पाचौं टोलीलाई पराजित गरी कतारको यात्रा तय गरेको हो । यसपटक आयोजक कतारसहित एशिया प्यासिफिक क्षेत्रबाट पहिलोपटक ६ टोली विश्वकप खेल्ने भएका छन् ।
समूह बीको भिडन्त रोचक हुने देखिएको छ । उक्त समूहमा इंग्ल्यान्ड, इरान, युएसए र वेल्स छन् । समूह ई मा स्पेन र जर्मनी एउटै समूहमा छन् । उक्त समूहमा एशियाली फुटबल शक्ति जापान पनि परेको छ । समूह एचमा पाँचपटकको फुटबल विश्वकप विजेता ब्राजिल छ । उक्त समूहमा क्यामरुन, सर्विया र स्वीजरल्यान्ड जस्ता फुटबलका शक्तिशाली देश छन् ।

विश्वकपमा छनोट भएका देशहरु

समूह एः कतार, इक्वेडर, सेनेगल, नेदरल्यान्ड

समूह बीः इंग्ल्यान्ड, इरान, यूएसएस, वेल्स

समूह सीः अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

समूह डीः फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया

समूह इः स्पेन, कोस्टारिका, जर्मनी, जापान

समूह एफः बेल्जियम, क्यानडा, मोरक्को, क्रोएसिया

समूह जीः ब्राजिल, सर्विया, स्वीटरल्यान्ड, क्यामरुन

समूह एचः पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया