Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् बालुवाटर हिँडेर सानेपा पुगेका एमालेका सांसद

काठमाडौं । सत्तारुढ नेकपाभित्र सांसद तानातानमा छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको विवादले सांसदहरु तानातानमा परेका हुन् । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका केही सांसद बीच बाटोबाटै फर्केर सानेपा पुगेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि संसदीय दलको बैठक बोलाइएको थियो।

उक्त बैठकमा भाग लिन जाँदै गरेका सांसद बाटोबाटै फर्केर खनाल-नेपालले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय भेलामै उपस्थित भएका छन्। जानकारीअनुसार ध्रुब शाही, गणेश पहाडी, कृष्णभक्त पोखरेल, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठलगायत सांसद ओलीले बोलाएको संसदीय दलको बैठकका लागि जाँदै थिए, उनीहरू बाटोबाटै फर्किएका हुन्। आज खनाल– नेपाल पक्षका सांसदहरूले होटल हेरिटेज गार्डेनमा बेग्लै भेला गरेका थिए। त्यहाँ केही सांसदहरूले ओलीले बोलाएको भेलामा जानुपर्ने बताएका थिए। तर आज राष्ट्रिय भेला पनि भएकोले संसदीय दलको बैठकमा नजाने निर्णय भएको छ।