Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् माओवादी छाडेर एमालेको केन्द्रीय सदस्य बन्ने भाग्यमानी

काठमाडौं । सम्मानित सर्वोच्च अदालतले पार्टी एकता भंग गर्दै पूर्ववत अवस्थामा पु¥याएपछि माधव नेपालहरु घर फर्किए पनि रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीहरु घर नफर्किने निधोमा पुगे । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पत्तै नदिई नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट आएका रामबहादुर थापा बादललाई बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिएका छन् । अध्यक्ष ओलीले बादल समूहका २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी दिएका छन् । यसरी जिम्मेवारी पाउनेहरुमा रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लिलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का रहेका छन् ।