Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यी हुन् मेलम्ची पुरिएका ८ कामदार

काठमाडौं । निर्माणाधिन कभर्ड हलमा बसेका मजदुर सोही हलले च्यापिएर मृत्यु वरण गर्न बाध्य भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोले पुरिएका ८ जनाको शव निकालिएको छ । पहिरोले पुरिएर घाइेत भएका बारु शाहलाई एयर डाइनेस्टीको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेका अनुसार मृत्यु हुनेमा ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदीप चौरसिया, २१ वर्षीय राजेश चौधरी, २५ वर्षीय बिक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव धामी र १७ बर्षिय सोनम लामा छन् ।मृतक राजेन्द्र चौरसिया र घाइते बारु शाह भारतीय नागरिक हुन् । कभर्डहल निर्माणमा खटिएका मजदुर बसेका टहरो राति आएको पहिरोले पुरेको थियो ।