Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युक्रेनविरुध्द तत्काल ठूलो आक्रमण नहुने

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुध्द ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना र आवश्यकता दुबै नरहेको बताएका छन् । उनले कजाकस्तानमा आयोजित पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनमा बोल्दै क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नु नभएको प्रष्ट पारेका छन् । उनले भने, ‘आज जे भइरहेको छ, त्यो सुखद अवस्था छैन । रूसले फेब्रुअरीमा आक्रमण नगरेको भए हामी पनि त्यस्तै अवस्थामा हुने थियौं । केवल हाम्रो लागि पनि स्थिति खराब हुने थियो ।’ सो अवसरमा पुटिनले तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने लक्ष्य राखिएकोमा दुई लाख २२ हजार जनशक्ति परिचालन गरिएको जानकारी दिएको एएफपीले जनाएको छ ।