Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युद्ध अभ्यास गर्दै चिनियाँ सेना, २० भारतीय सैनिक मारिए

काठमाडौं । सबैतिरका छिमेकीसँग सीमा विवादमा अल्झिएको भारतका लागि चीनसँगको सीमा विवादले उग्र रुप लिएको छ । लद्दाखमा भारतीय सेनासँग हिंसात्मक भिडन्तमा परी भारतीय सेनाका २० जनाले ज्यान गुमाएका छन् । भीडन्तसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा युद्ध अभ्यास तीव्र पारेको खुलेको छ । सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ । चिनियाँ जनमुक्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मिसाइल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिंग तथा एन्टी केमिकल वारफेयरको युद्ध अभ्यास गरेको छ। समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा यो अभ्यास गरिएको टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंयाक सहभागीरहेको जनाइएको छ।
४५ वर्षपछि भारत–चीन सीमामा हिंसात्मक भिडन्त भएको छ । भारत र चीनको सीमा क्षेत्र लद्दाखको गल्वान उपत्यकमा सोमबार राति भएको भिडन्तमा एक भारतीय सैन्य अधिकृतसहित २० सैनिकको मृत्यु भएको छ । चीनतर्फ पनि हताहति भएको भारतीय सञ्चार माध्यमले दाबी गरेका छन् । आणविक शक्ति राष्ट्र भारत र चीनबीच लद्दाखमा सन् १९६२ को युद्धपछि छिटफुट आमने–सामने र झडप भइरहे पनि ज्यानै जाने गरी भिडन्त भएको थिएन । अरूणाञ्चलको तुलुङ लामा १९७५ मा दुई देशका सैनिकबीच भिडन्त भएयता भारत र चीनबीचको सीमानामा यो पहिलो हताहति हो । सीमामा हताहति रोक्न गस्ती गर्दा दुबै देशका सैनिकहरू निःशस्त्र हिँड्ने र समन्वय गर्ने गरे पनि एक महिनायता तनाव बढेको थियो ।
गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरी गस्ती गरिरहेको भारतले आरोप लगाउँदै आएको छ । त्यस्तै, भारतले युद्धको तयारीस्वरूप पूर्वी लद्दाखको लाइन अफ कन्ट्रोलनजिकै चीनले थप ५ हजार फौज उतारेको दाबी गरिरहेको छ । (एजेन्सी)