Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। मर्जरको प्रस्ताव पारित गर्न युनियन लाइफ इन्स्योरेन्सले विशेष साधारण सभा डाकेको छ। युनियन लाइफ, गुराँस लाइफ र प्राइम लाइफ एक आपसमा १ः१ः१ को स्वाप रेसियोमा गाभिँदै छन्।
मर्जरपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स हुने प्रस्ताव इन्स्योरेन्सले सभाबाट पारित गर्दैछ। सभा वैशाख ६ गते डाकेका हुन्।
विशेष साधारण सभामा इन्स्योरेन्सको गाभ्ने, गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य गरिएका सम्झौताहरु अनुमोदन हुनेछ।
मर्जर प्रयोजन बमोजिम नियामक निकायहरुबाट स्वीकृति लिन संचालक समितिलाई अख्तियारी दिनेछ। सभाले इन्स्योरेन्सको संचालक समितिमा उक्त अधिकार प्रत्यारोपण गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सले आगामी चैत २७ गते एक दिनका लागि बुक क्लोज गर्दैछ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल