Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रुसी हमलाबाट आक्रान्त युक्रेनलाई युरोपेली युनियनले सहयोग गर्ने भएको छ । युरोपेली युनियनले युक्रेनलाई हतियार सहयोग गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ
ईयूले युक्रेनलाई हतियार उपलब्ध गराउने निर्णय गरेको यो पहिलोपटक हो। हतियार सहयोगको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ईयूका अध्यक्ष उर्सुला भोन डर लेयनले यो इतिहास परिवर्तन गर्ने समय भएको बताइन् ।
यससँगै उनले रुस र बेलारुसलाई लक्षित गरी नयाँ प्रतिबन्धको घोषणा गर्दै रुसमाथि युरोपेली हवाई क्षेत्र प्रतिबन्ध लगाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
युरोपेली संघले रूसका सबै विमानलाई युरोपको हवाई उडानमा प्रतिबन्ध लगाइएको छ भने रुसको सरकारी मिडिया रसिया टुडे र स्पुतनिक र तिनका अन्य कम्पनीहरूमा पनि प्रतिबन्ध लगाइएको छ ।
लेयनले भनिन्, ‘हामी एउटा उपकरण विकास गर्दैछौं कि जसले युरोपमा गलत र आक्रामक समाचार फैलाउन प्रतिबन्ध लगाइनेछ।’
साथै युरोपेली संघका सदस्य राष्ट्रहरूले युक्रेनका शरणार्थीलाई तत्काल राहत दिँदै शरण दिने सहमति गरेका छन् ।
रुसले युक्रेनमाथि लगातार आक्रमणका कारण लाखौं युक्रेनीले देश छाडेर छिमेकी र अन्य देशमा शरण लिइरहेका छन् ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल