Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवतीलाई एसिड प्रहार गर्ने मध्यराति प्रहरीको फन्दामा

काठमाडौं । एसिड प्रहारका घटना सुन्न छाडिएको केही समयपछि राजधानीमा सम्साँझै युवतीमाथि एसिड प्रहार भएको छ । काठमाडौंको बाफलमा युवतीलाई एसिड प्रहार गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गरेको आरोपमा दुई जनालाई नार्गजुन ४ सिर्जनसिल टोलबाट राति ११ बजेतिर पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर स्थायी ठेगाना हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भएका मुन्ना मोहम्मद छन् । युवतीलाई आफूहरूले मन पराएको तर, उनले अरू नै केटालाई मन पराएको थाहा पाएपछि एसिड प्रहार गरेको उनीहरूले बताएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ । बिहीबार साँझ डेराबाट दही किन्न भनेर निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार भएको थियो । कार्कीले एसिड प्रहार गर्ने व्यक्तिहरुलाई नचिनेको बताए पनि सीसीटीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । एसीड प्रहारबाट घाइते युवतीको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।