Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । पोखराबाट युवतीलाई जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । होटल ब्यवसाय गर्दै आएका महिलाले होटलमा आउने व्यक्तिसँग पैसा लिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको हो । होटलमा राम्रो काममा लगाइ दिने आश्वासनमा युवतीलाई जबर्जस्ती यौन शोषण गरेको आरोपमा राम बजारमा होटल ब्यवसाय गर्दै आएका दुई महिलालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता एवम् डीएसपी सुवास हमालले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा पोखरा– १० रामबजारमा होटल सञ्चालन गरी बस्ने ५३ वर्षीया गौमती गुरुङ र ४० वर्षीया आइतीमाया गुरुङ रहेका छन् । दुवै महिलाले शुरुमा युवतीसँग राम्रै व्यवहार गरेपनि पछि होटलमा खाजा खान आउने व्यक्तिसँग पैसा लिएर डर धाक धम्की दिएर जबर्जस्ती शारीरिक सम्पर्क गर्न लगाउने गरेको खुलेको प्रवक्ता हमालले बताए । जबर्जस्ती यौन कार्यमा लगाउन खोजेको आरोपमा पक्राउ गरेका उनीहरुविरुद्ध मानव बेचविखन तथा ओसारपसार मुद्धामा अनुसन्धान भइरहेको छ । पीडित युवतीलाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल