Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवराज पारस भ्रम र वास्तविकता

  • अर्जुन ज्ञवाली

यो कुनै पैरवी होइन तथ्य हो । हो युवराज पारसका कतिपय कमिकमजोरी छन् । तर हामीकहाँ कमजोरीको मात्रै विम्ब बनाएर उनको राक्षसिकरण गरिएको छ । मानौ युवराज पारस बाहेक यहाँ सबै सज्जन छन् । ऊनी मात्रै खराब हुन् । बाबु–आमा र छोरो जस्तो बाइबलको कपी गरेको आमासँग छोराको सहवासलाई जोडिएको बिपिको साहित्य महान् भन्नेहरू र उक्त साहित्यकै अनुसार ब्यवहारिक जीवन व्यतित गर्नेहरू यहाँ महामानव बनाइएको छ । ४० बर्ष कम उमेरकी आफ्नै पार्टी कार्यकर्तासँग यौन रसलिला गरेर अन्तिममा बिवाहा गर्ने कतिपय अर्ध भुमिगत भन्ने कम्युनिस्ट नेता यहाँ महान चिन्तक क्रान्तिकारी हुन्छन् । अर्काकी श्रीमति उडाउने प्रचण्ड पुत्रको शालिकमा माल्यारर्पण गर्ने कथित माओवादी अपराधीहरू क्रान्तिकारी हुन्छन् । एजजिओ÷ आइएनजिओमा श्रीमति छोराछोरी बिक्रि गरेर कोट लगाउनेहरू लोकतान्त्रिक बामपंथी हुन्छन् । स्ववियु सभापति हुँदा कलेजमा कैयौंका घरबार बिगार्ने गुण्डाहरू ठूला नेता हुन्छन् । तिनीहरूको झोला बोक्ने झोले गाउँका कुखुरा चोरहरूदेखि शहरका पकेटमार माओवादी लगायत काँग्रेस, एमालेका आवराहरू सबै राम्रा हुन्छन् । तिनैलाई सैद्धान्तिककरण गर्ने सेना प्रहरीका गुप्तचर प्राध्यापक, प्रगतिशील बुद्धिजीवी हुन्छन् । यहाँ खराब युवराज पारस मात्रै हुन् । टेलिकमको कलवाइपास गर्ने सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीहरू महान् हुन्छन् किनकि ऊनी गिरिजाप्रसाद कोइरालाका नातिनी ज्वाइँ हुन् । यहाँ पारसबाहेक सबै गाईको दुधले नुहाएका शुद्ध हुन् ? हो, गर गाली उनलाई जति गरे पनि हुन्छ किनकि तिमीहरूको राजनीतिक योग्यता भनेकै त्यति हो । रिगल जस्ता अपराधी छोडनु तिम्रो लोकतन्त्र हो । नन्दप्रसाद अधिकारीको हत्या गर्ने हत्यारा शुद्ध हो, किनकि उसँग क्रान्तिकारी लाइसेन्स छ । रेशम चौधरीको अपराध माफि दिनु क्रान्तिकारीता हो । किनकि लोकतान्त्रिक मुकुण्डो छ । मृत्युपूर्व तत्कालिन उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले र पूर्ब मन्त्री राधाकृष्ण मैनालले आफ्नो पुस्तक नलेखिएको इतिहासमा लेखेका छन्, युवराज पारस निकै आत्तिएका थिए । लौन मन्त्रीज्यु बुबाहजुरलाई भनिदिनु प¥यो हामीलाई हाम्रै वरिपरिकाले डुबाउन लागे । मलाई भेट्न पनि दिँदैनन् । कसो गर्ने होला ।

भरतमोहन अधिकारी लेख्छन् एकपटक मलाई मण्डलेहरूले अपमान गर्न खोजे युवराज पारसले हप्काउँदै उहाँ नेपालकै इमान्दार प्रधानमन्त्री मनमोहन अधिकारीको भाइ हो । आइन्दा यस्तो ब्यवहार नगर्नु । तर बाहिर युवराज पारसलाई पुरै दानविकरण गरिएको छ । उनका कतिपय कमजोरी र क्रियाकलापले उनलाई दानविकरण गर्नेहरूलाई बलपुगेको छ । यथार्थमा पारसले राजनीति बुझेका थिए । पारसलाई बिम्ब बनाउने कथित आवाराहरूले सायद त्यति पढ्ने जागर चलाउँदैनन् होला । यहाँ कसैलाई दानविकरण गरेर आफुलाई सहिसिद्ध गर्ने दुश्प्रयाश गरिएको छ । हो ऊनीमा पनि कहिले काहीं फ्रस्टेसन आउनु स्वभाविक हो किनकि उनले जति राजा र राजपरिवारको नाममा मोजमस्ती गर्नेहरूले गरेको अपमान अरुले बुझेका÷देखेका छैनन् । अहिले राजा र हिन्दू आवरणमा देखिने नक्कली राजावादीलाई पनि उनले जति अरुले चिनेका छैनन् । यसकारण युवराज पारस राजा ज्ञानेन्द्रको वरिपरिको सञ्जालको लागि बाधक हुन् त्यस्तै सैनिक केन्द्रका नक्कली राष्ट्रबादीका बाधक पनि हुन् । त्यसैले त उनले एकपटक भनेका थिए राजाको कुरा नगर राष्ट्रको गर । गाली गर पारसलाई दिपक मनाङेलाई सम्मान गर ।

प्रकाश दाहालको शालिकमा फुलमाला लगाऊ । किनकि उनिहरूसँग लोकतान्त्रिक मुकुण्डो छ । किनभने यहाँका फण्डिङ पत्रकार, लेखक, बुद्धिजीवीको योग्यता भनेकै कसैको दानविकरण गरेर अस्तित्व देखाउने न हो । हो युवराज पारसले आफुलाई करेक्सन नगरेर बिरोधिहरूलाई खेल्न दिनु उनको सबभन्दा ठूलो कमजोरी हो । रेशम चौधरी अपराधी होइनन् भनेर मुद्दा लड्ने वकिल हुन् या रिगल ठिक भनेर मुद्दा लड्नेहरू उनीहरू राम्रा हुन् किनकि उनीहरूसँग कालोकोटको लाइसेन्स छ । नक्कली भुटानी नागरिक बनाएर बिक्री गर्ने आरजु राणाहरू सहि हुन् किनकि उनिसँग लोकतान्त्रिक बर्को छ । बालुवाटारको ललिता निवास खाने माधब नेपाल, बाबुराम, बिष्णु पौडेल सहि छन् किनकि उनीहरूसँग बामपंथी मुकुण्डो छ । सुन तस्करहरू सहि छन् किनकि उनीहरूत माओवादी हत्याराहरूका क्रान्तिकारी छोरापो हुन् । यिनका झोला बोक्ने आवाराहरूसँग लोकतान्त्रिक लाइसेन्स छ । उनले गाजा खाए होलान् तर माधब नेपाल र केपी ओलिले जस्तो युनिफिकेशन चर्चको बिर्यवाइन खाएनन् र खान बोलाएनन् । यसकारण पारस बाहेक अरुसबै दुधले नुहाएका हुन् । अहिले राजा ज्ञानेन्द्रको उमेर ७७ वर्ष पुगेको छ । यो अवस्थामा इन्डो पश्चिमाहरू युवराज पारसलाई बदनाम गराएपछि राजा ज्ञानेन्द्रको सेखपछि राजतन्त्रको मुद्दा समाप्त हुने अपेक्षा गरेर बसेका छन् । पारसले हिम्मत गर्नुपर्छ । नेपाल एकीकरणको लिगेसी मेटिँदैन र कसैले इतिहास तोडेर पनि तोडिँदैन । युवराज पारसले अब आफूलाई कम्बोडियाको नरोद्दम सिंहानुकजस्तै गणतन्त्रभित्र जनताको बीचबाट राजतन्त्रको मोडलमा जाने तयारीमा र मनस्थितिमा आफूलाई तयार गर्न जरुरी छ । इतिहास सय÷पचास वर्षको हुँदैन र पुरानै रूपमा दोहोरिँदैन ।

प्रसाईको आवरणमा आरएसएस
दुर्गा प्रसाईं वास्तवमा राजनीतिक रूपमा सोझै लाग्यो । उनका कतिपय अभिव्यक्ति बिवादास्पद भए पनि त्यो आक्रोशको रूपमा आएको सहजै अन्दाज गर्न सकिन्छ । उनलाई अगाडि लगाएर गरिएको आन्दोलनको विषयमा कतिपय विषय उनलाईनै जानकारी नहुन सक्छ । यसकारण उनलाई कुनै पनि राजनीति विषयमा दोष देखाउनु मेरो विचारमा अनुपयुक्त हुन्छ । आरएसएस अध्यक्ष मोहन भागवतसँग नेपालमा गणतन्त्र ल्याउन भुमिका निभाएका तत्कालीन प्रधानसेनापती रुकमाङगद कटवाल सेनाका अन्तिम राजाको रूपमा परमाधिपती राजा ज्ञानेन्द्र । मुलरूपमा पार्टीहरू विघटन अवस्थामा रहेकोेले इन्डो/ पश्चिमा शक्तिकेन्द्र सेनाको सुरक्षाकवजको रूपमा अफगानिस्तानमा तालिवानको पतनपछि राजा जाहिर शाहकै रूपमा प्रयोग गर्न खोजेको थियोे । राजा ज्ञानेन्द्र जाहिर शाहले जस्तै इन्डो÷पश्चिमा एजेन्डा अश्विकार गरेको अहिलेको अवस्था हो । दुर्गा प्रसाइको आवरणमा आन्दोलन उचाईमा पु¥याएर काँग्रेस–एमाले मार्फत् हिन्दूगणतन्त्र घोषणा आरएसएस मिसन थियोे । काँग्रेस महामन्त्री गगन थापा र अध्यक्ष देउवाको अभिव्यक्ति नै बुझ्नेलाई काफी छ । यो विषय दुर्गा प्रसाइलाई थाहा नहुनसक्छ किनकि उनी राजनीतिक रूपमा चतुर ब्यक्ति होइनन् । यो कुरा नेपाल एकीकरणको लिगेसिको हिन्दूत्वको एजेन्डा बोकेको इन्डो÷ पश्चिमा, आरएसएस बिरोधि राष्ट्रबादीहरूले बुझिसकेका थिए । सूचना राजालाई पनि थियोे । तर राजाको वरिपरिका सचिवालयको घेरा र नेपालको सेनालाई थाहा थिएन । केपी ओलि र महेश बस्नेतलाई यता दुर्गा प्रसाइको आन्दोलन विरुद्ध आरएसएसले नै उतारेको थियोे । किनकि आरएसएस निकट महेश बस्नेतले भारतीय सहयोग भक्तपुरमा कति लगेका छन् हेर्न सक्नुहुन्छ ।

मदन भण्डारी फाउन्डेसन मार्फतको इन्डियन लगानी हेर्दा हुन्छ । दुर्गा प्रसाइको आन्दोलन उठ्दा त्यसले राजतन्त्रको एजेन्डा नपक्रोस भनेरै बयलगाडे ओलिलाई गणतन्त्रको आवरणमा उतारियो । किनकि प्रसाइको आन्दोलनले उचाई लिएको भए उनलाई सरकारमा लगेर प्रसाइलाइ देखाएर हिन्दूगणतन्त्रको लागी दवाव दिने उदेश्य थियो । आरएसएसको उद्देश्य ६ महिना पछि हुने भारतको लोकसभा निर्वाचनमा नेपालको हिन्दू मुद्दालाई आधार बनाएर चुनाव जित्ने योजनामा दुर्गा प्रसाइलाई सहयोग गरेको थियोे । अहिले एकदम सडकमा उग्र देखिने कतिपय धार्मिक आवरणमा देखिने पात्रहरू आरएसएससँग आबद्ध छन् । अब इन्डो÷पश्चिमाहरू खिलराज मोडेलको प्रयत्न गर्नेछन् जुन असफल योजना हो । चिनियाँ÷रुसी ध्रुव अहिलेलाई बामपंथी एकताकै प्रयत्न गर्नेछ तर केपी ओलि एमालेको नेतृत्वमा रहँदासम्म बाधक देखिन्छ । अब एमालेभित्र ओलिको बिक्लप खोजी हुनेछ । धेरै समय उनले रोक्न सक्ने छैनन् । यो अवस्थामा प्रचण्ड सतामै रहिरहने देखिन्छ । अहिले वास्तवमा सबैभन्दा संकटमा कथित नेपाली सेना छ । अन्तर्राष्ट्रिय विश्वास पूर्णतः गुमाइसकेको सेनासँग आफ्नो कुनै एजेन्डा छैन । यो अवस्थामा कम्बोडिया र अफगानिस्तानकै अवस्थामा विघटन उन्मुख छ । सेनालाई नेपाल एकीकरणको एजेन्डामा आउन इन्डो/पश्चिमाहरूले दिएका छैनन् ।

यो अवस्थामा सेनाले इन्डो/ पश्चिमा घेरा बाहिर निस्केर एकीकरणको लिगेसी बोकेन भने विघटन कसैले रोक्न सक्तैन । त्यो अवस्था परम्परागत शक्ति सिम्हानुक मोडलमा अगाडि आउन सक्छ । त्यसका आधारहरू अहिलेको भूराजनीति विश्व बहु ध्रुवीकरणले पनि निर्माण गर्दैछ । बहस गणतन्त्र र राजतन्त्रको गराएर राजालाई दलाई लामा बनाउने नसके हिन्दूगणतन्त्र घोषणा गराएर नेपाललाई तालिवानी मोडेलको हिन्दू आवरणमा नेपाल एकीकरण बिरोधि अखाडा बनाउने योजना अहिलेलाई तुहिएको छ । धैर्य गरौं, नेपालको सेनाभित्र घुसपैठ र राजाबादी आवरणमा चलायमान आरएसएस मिसनका दलालहरू राजाको सचिवालयका जिउँदा लासहरू हेक्का राख यो २०५८ जेष्ठ १९ होईन । भूराजनीतिमा कोइ माइकालालले नेपालमा चीन÷रुसी ध्रुवलाई बाइपास गरेर जान सक्तैन । अहिलेको अवस्थामा नाति राजा, सास्कृतिक राजा स्वयं राजा ज्ञानेन्द्रले अश्विकार गरेको तत्कालीन सेनापती कटवाल मार्फत प्रस्तावित अमेरिकी बासी एजेन्डा हो । त्यो खारेज भैसकेको छ । कहिले कहिँ हारेको जस्तो देखिए पनि जितिएको हुन्छ । अहिले राजा ज्ञानेन्द्रको अघोषित रूपमा बिजय भएको छ । अब गल्ती गर्ने अपसन छैन । करेक्सन गरेर सेनाले नेपाल एकीकरणको लिगेसी अधिकार सहित बोक्ने कि विघटन हुने ? नभए ढिलो चाडो सिम्हानुक मोडल निश्चितछ । यो अवस्थामा राजा हिन्दू र राजाबादी आवरणमा रहेका दलाइ लामा बनाउने अनुचरहरूसँग जोगिन जरुरी छ । यसपटक जोगिएको अवस्था हो । यसैगरी जोगिनु पर्छ । यसपटक हिन्दूआवरणमा रहेका नेपाल एकीकरण लिगेशिको हिन्दूत्व बिरोधिहरू राम्रोसँग एक्स्पोज भएका छन् । मलाई त अहिले सबैभन्दा डर कथित राजावादी र राष्ट्रबादी आवरणमा आएकाहरूसँग लाग्छ ।

पत्रकारिता आवरण मात्रै
एकातर्फ नेपाली मिडियामा जासुसहरूलाई ठूलो रकम तलब÷पारिश्रमिक भनेर दिइन्छ । बाहिर त्यो पत्रिका र टेलिभिजनले दिएजस्तै देखाइन्छ तर बिदेशी एजेन्सी जस्तो जर्ज सोरोसको ओपन सोसाइटी मार्फत सिआइएले भारतीय दूतावास मार्फत रअले बितरण गरि राखेको हुन्छ । वास्तविक श्रमजीवी कामदारले तलब पनि पाउँदैन भन्ने यथार्थ यो आन्दोलनले सार्बजनिक गरेको छ ।
१) पञ्चायतकालमा भन्सारको डाइरेक्टर बनेर भ्रष्टाचारको पैसा कान्तिपुरमार्फत कालोधनलाई सेतो देखाउने हेमराज ज्ञवालीका छोरा बिनोद ज्ञवाली र काठ तस्कर कैलाश शिरोहियाको मुल व्यापार नमस्ते कार्पेट मार्फत चरेस ब्यापार थियोे ।
२) पत्रिकाको आडमा शक्तिकेन्द्रसँग बार्गेनिङ गर्ने इन्डियन र अमेरिकी एजेन्सीका जासुसहरूलाई सम्पादक बनाएर नेपाल नेपाली विरुद्ध दिग्भ्रमित समाचार सम्प्रेषण गरेर हल्ला फैलाउनु यस्ता मिडिया हाउसको मिसन हो ।
३) यस्तै मिसनमा आबद्ध सि ग्रेडका जासुसहरू यस्ता मिडियाका अब्बल पत्रकार, लेखकमा गनिन्छन् ।
४) संसारभरी ठग्दै हिँड्ने रसेन्द्र भट्टराईलाई अरबपति ब्यापारी भनेर लेख्ने कान्तिपुर हो । जसले पछि ऋण तिर्न नसकेर आत्महत्या गरे ।
५) दरबार हत्याकाण्डमा रअ को योजनामा सेनाको षड्यन्त्र मोडन ज्ञानेन्द्र केन्द्रित बाबुराम भट्टराईको लेख प्रकाशन गरेर समाजमा दिग्भ्रमित पार्ने कान्तिपुर हो । त्यतिबेला सम्पादक युवराज घिमिरे थिए ।
६) नमस्ते कार्पेट मार्फत चरेस तस्करी गर्ने कान्तिपुर, नागरिक मिडियाका मालिकले राजतन्त्रप्रति लोकप्रियता बढेपछि ज्ञानेन्द्रले चोरेको भन्ने अप्रमाणित प्रपोगण्डा गरिरहेका छन् । एनजिओ÷आइएनजिओमा श्रीमति, बुहारी बिक्री गर्ने काँग्रेस, एमाले, माओवादी गुण्डा झोलेहरूले त्यसैलाई प्रपोगण्डा गरिरहेका छन । गणतन्त्र घोषणाको १६ बर्ष तिम्रो सरकार छ प्रमाणित भए कारवाही गर किन गर्न सक्तैनौ ? जवाफ कोहीसँग छ ?
७) दरबार हत्याकाण्डसँग ज्ञानेन्द्रलाई जोड्नेहरूले यो १६ बर्षसम्म कारवाही किन गर्न सकेका छैनौ ?
८) रअ प्रमुख शामन्त गोयललाई नेपाल ल्याएर तत्कालिन प्रधानमन्त्री केपी ओलिलाई भेटाउने अन्नपूर्ण पोस्तको मालिकप्रती तिमीहरूको धारणा के छ ? जवाफ छ इन्डियन दूतावासको १ बोटल रक्सीमा ज्ञानेन्द्र विरुद्ध प्रायोजित समाचार लेख्ने पत्रकारसँग ?
९) हिमाल, सेतोपाटी, रातो पाटी, बारखरी, अनलाइन खबर, हिमालय टिभीलगायत अनलाइनमा सिआइए एजेन्ट जर्ज सोरोसको लगानीको विषयमा तिमीहरूको धारणा के छ ? १ बोटल रक्सीमा बिक्ने आवारा पत्रकारहरू आफ्नो अनुहार हेर । यो युग तिमीहरू जस्ता आवाराहरूको युग होईन हेक्का छ कि छैन ?
१०) अमेरिकी पूर्ब राष्ट्रपति जिम्मी काटरको नाममा सिआइएको जासुसी मिसनमा क्रियाशिल कार्टर सेन्टरका संयोजक दुमन थापा जसलाई एमाले नाम गरेको सि ग्रेडको पञ्चायतका सिआइडिको पार्टीले सांसद बनाउयो उनी संस्थापक अध्यक्ष भएको नयाँपत्रिकाले कस्तो काम गर्दछ ? पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र विरुद्ध लेख्ने जड्याहा पत्रकार लेखक, प्राध्यापक नामका आवाराहरू जवाफ छ ?
११) जहाँसम्म पत्रकार पदम ठकुराठिको पञ्चायतकालिन प्रपोगण्डा छ ऊनी आफै कैलाश सिरोहिया, बिनोद ज्ञवाली जस्तै चरेस व्यापारी हुन् कि होइनन् ? कहिल्यै सोधेका छौ ? ए जड्याहा पत्रकार र पार्टीका झोले, आवारा, गुण्डा, अखिल, तरुण, युथफोर्स र पार्टीका झोले प्राध्यापक बुद्धिजीवी भन्ने श्रीमति एनजीओमा बिक्रि गरेर कोट लगाउने ट्वाके जड्याहाहरू आफ्नो अनुसार एनामा हेर ।
१२) ए जड्याहा आवारा पत्रकार नामक जासुसहो सुन । म पत्रकार होईन तर तिमीहरूले भन्दा धेरैनै पत्रकारिता विषयमा जानकारी छ । कुनै समय पदम ठकुराठी प्रधान सम्पादक म सम्पादक भएर पत्रिका चलाएका थियौ । कान्तिपुर, नागरिक, अन्नपूर्णपोस्ट, हिमाल, राजधानीमा सम्पादक बनेका जासुसहरूत पदम ठकुराठिका रिपोर्टर लेभलका ट्वाके हुन् । त्यस्तै हुन् बिजय कुमार जसलाई पदम ठकुरीले रिपोर्टर बनाएका थिए । ए जड्याहा पत्रकार र पार्टीका झोले आवाराहो कहिल्यै आफ्नो अनुहार हेरेका छौ ?
१३) खप्तडबाबालाई इन्डियन जासुस भनेर लेख्ने पदम ठकुराठी हुन् । जसको कारण बिचार बिज्ञान् एसएलसिको कोर्समा राख्ने योजना २०४१÷४२ सालमा तुहिएको तिमीहरू जड्याहा पत्रकारहरूलाइ जानकारी छ कि छैन ? छैन भने खप्तडबाबाको जिवनी दोश्रो सस्करण आउँदैछ हेर ।
१४) हे आवारा जड्याहा पत्रकार लेखक प्राध्यापक बुद्धिजीवी हो तिमीहरूको योग्यता भनेकै निरीह ज्ञानेन्द्र शाहलाई गाली गर्नु हो । किनकि दिपक मनाङे, महेश बस्नेत, गगन थापा जस्ता गुण्डा तिम्रा भगवान हुन् ।
१५) अहिले सेना र प्रहरीले चलाएका केहि युट्युबदेखि अनलाइनहरू यस्तै धन्दामा छन् । कहिले महेन्द्रको अर्कै छोरो छ भनेका छन् कहिले के ? ए युटुबे जड्याहा यस प्रकारका पत्रकार तिम्रो बाबु बैधानिक कि अबैधानिक भनेर आफ्नै आमा माथि बहस गर । यस्ता अन्तरबार्ता दिने जासुसहरू आफ्नो अनुहार हेर तिमि पनि कसैको अबैध सन्तान हुन सक्छौं ।
१६) ९४ बर्षकि भद्रकुमारी घले जसलाई के बोलें भन्ने ठेगान छैन यस्ता पात्रसँग अन्तरबार्ता लिने ए अर्धपागल पत्रकार आवरणमा देखिएका युटुबे आवाराहरू आफ्नो पतित अनुहार हेर । यो युग तिमीहरू पत्रकार आवरणमा रहेका जड्याहा जासुसहरूको युग होइन । सबैलाई चेतना भया ।