Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवामा भरोसा जगाउने प्रयासमा अर्थमन्त्रीको जोड

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको घटेको मनोबल उठाउने सवालमा बजेटले विशेष ध्यान दिने बताए । नेपाल आर्थिक पत्रकार समाज सेजनले बिहीबार आयोजना गरेको प्रि–बजेट छलफलमा उनले निजी क्षेत्रलाई तर्साउने नभई परिवार, सम्पत्ति र व्यवसायको सुरक्षालाई प्राथमिकतामा राखिने बताए । ‘उद्योगी, व्यवसायी जोसुकैमाथि प्रश्न उठेकै आधारमा अपराधी ठान्ने परम्परा अनुचित रहेको बताउँदै उनले निजी क्षेत्रको मनोबल उठ्न नसक्नुका कारण खोजेर सरकारले सहजीकरण गर्ने बताए । लगानी सम्मेलनमा सरकारले कानुन संशोधन गरेको छ। यसमा सरकार र निजीक्षेत्र सँगै रहे। आगामी बजेटले औद्योगिक वातावरण बनाउन भूमिका खेल्नेछ, उनले भने। आव २०८१।८२ को बजेटले महत्वपूर्ण सुधारको काम अघि बढाउने दाबी गर्दै उनले बजेट निर्माणका क्रममा धेरै क्षेत्रसँग छलफल गरिसकेको बताए । सबै क्षेत्रबाट अर्थतन्त्र शिथिल छ भन्ने गुनाासो धेरै सुनियो तर गत वर्षभन्दा अर्थतन्त्र सुधारातम्क रहेकाले आशावादी भएरै बजेट बनाइरहेका छौं, उनले भने । बजेट बनाउँदा मन्त्रालयहरुले सिलिङ बढाउन दबाब आउने गरेको बताए । मन्त्री पुनले वित्तीय र मौद्रिक नीतिबीच तालमेल हुनुपर्ने प्रष्ट पारे । अर्थमन्त्री र गभर्नर टाढै बसेर प्रतिस्पर्धा गर्ने विषय नरहेको र सबैको लक्ष्य मुलुकको विकास हुनुपर्ने आफ्नो धारणा रहेको बताए । युवामा भरोसा जगाउने प्रयासमा आफ्नो जोड हुने बताए । कसैको प्रभावमा नपरी पुस्ट्याइँसहित नीतिहरू परिवर्तन गरिने उनले बताए । खर्च गर्न नसकिएको अवस्था सुधार गर्दै आगामी आवमा निजी क्षेत्रको स्रोत परिचालनलाई प्राथमिकता दिने बताए ।


सम्बन्धित समाचार