Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवा नेताको जोड एकता, ओलीलाई चाहिएन एकता

काठमाडौं। नेकपा एमालेको विभाजन भइसकेको छ । को कता लाग्ने भन्ने निक्र्योल भइसकेको छैन । यसअघि माधव नेपाललाई सोडा हालिरहेकाहरु पनि अहिले एकता भन्दै हिँडिरहेका छन् । ९ जना नेताहरुले पार्टी एकताको पक्षमा आम नेता तथा कार्यकर्तालाई दृढताका साथ उभिन अपिल गरेका छन् । उपाध्यहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल, उपमहासचिव घनश्याम भुषाल, सचिवहरु भीम आचार्य, गोकर्ण विष्ट र योगेश भट्टराई, र स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे र रघुजी पन्तले संयुक्त विज्ञप्ती निकालेर यस्तो बताएका हुन् । उनले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको पनि उनीहरुले विरोध गरेका छन् । तत्काल उक्त अध्यादेश फिर्ता लिन उनीहरुको माग छ । त्यस्तै, एकता कार्यदलले तयार पारेको १० बुँदे प्रतिवेदन कार्यान्वयन नगर्दा एकता असम्भ भएको पनि उनीहरुको ठम्याई छ । उनीहरुले पार्टी विभाजनले कसैको पनि हित नगर्ने बताएका छन् । उनीहरुले माधव नेपालसहित १४ जना सांसदलाई गर्ने भनिएको सबै कारबाही रद्द गर्न पनि अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । त्यस्तै, उनीहरुले माधव नेपाललाई पनि तत्काल दल विभाजनको प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

तेस्रो धारका नेताहरुको बटमलाइन यस्तो छ 

एक– कार्यदलले तयार पारेको १० बुँदे सिफारिस नै एकताको आधार थियो जसलाई नेताहरुले आत्मसात गरेनन् ।

दुई– सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश गलत छ, यो तत्काल फिर्ता लिइनुपर्छ ।

तीन– १४ सांसदलाई पदमुक्त गर्ने ओली पक्षको निर्णय फिर्ता लिइनुपर्छ ।

चार– निर्वाचन आयोगमा अलग दल दर्ताका लागि दिइएको निवेदनबाट माधव नेपाल पक्ष ‘ब्याक’ हुनुपर्छ ।
विभाजन रोक्न दोस्रो पुस्ताका नेताहरु लागे पनि पार्टी अध्यक्ष केपी शर्मा ओली विभाजन रोक्ने भन्दा माधव नेपाल समूहलाई बिदा गरेर आफ्ना हनुमानहरुको अध्यक्ष बन्ने योजनामा छन् । असहमति जनाउनेहरुका कुरै नसुन्ने ओली दोस्रो पुस्ताका नेताहरुको प्रस्तावलाई बेवास्ता गर्दै अघि बढेका छन् ।

 


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल