Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय युवा संघ पर्वतमा अधिवेशन गर्ने, नगर्ने विषयमा उत्पन्न विवादले झडप भएको छ । युवा संघ पर्वतको अधिवेशनका विषयमा विवाद हुँदा एमाले प्रदेश सदस्य तथा युवा संघका पूर्व केन्द्रीय सदस्य अर्जुन निर्जन पौडेल घाइते भएका हुन् । एमाले पर्वत जिल्ला कार्यालयमा डाकिएको अधिवेशन एउटा पक्ष रोक्ने पक्षमा थियो भने एउटा पक्ष जसरी पनि गर्ने अडानमा थियो । केन्द्रीय सदस्य पौडेल, युवा संघ जिल्ला अध्यक्ष विनोद थापा, सचिव प्रकाश थकालीले रोक्नुपर्छ भन्ने पक्षमा थिए । पार्टी गोविन्द गिरीको पहलमा फेरि भेला राखेर अधिवेशन हुने बेलामा जिल्ला अध्यक्ष, सचिवसहित पौडेल पनि कार्यक्रम गर्न नहुने पक्षमा गएपछि झडपको अवस्था सिर्जना भएको हो । विवादका कारण पौडेलमाथि प्रहार भएर अस्पताल नै भर्ना भएका छन् । राष्ट्रिय युवा संघको जेठ ९ देखि ११ गतेसम्म पोखरामा महाधिवेशन हुँदैछ । त्योभन्दा अगाडि नै जिल्ला कमिटी तथा प्रतिनिधि छनोट गर्नुपर्ने भएका कारण केन्द्रकै निर्देशनमा आयोजक कमिटी गठन गर्ने भन्दै भेला डाकिएको थियो । पौडेललगायतले कार्यक्रम रोक्नुपर्ने भन्दै आफैंमाथिसमेत आक्रमणको प्रयास भएपछि कार्यकर्ताले प्रतिरक्षा रहेको एमाले जिल्ला अध्यक्ष गोविन्द गिरीले बताए । केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्जार्च पर्वत भण्डारीले चैत १५ गतेभित्र अधिवेशनका लागि समयसीमा तोकिएको र त्यो अवधिमा पनि नभएपछि जिल्ला इन्चार्जकै संयोजकत्वमा आयोजक कमिटी बनाउने निर्णय भएको बताए । आयोजक कमिटी बनाउने योजनासहित कार्यक्रम भइरहेको भए पनि युवा संघ जिल्ला अध्यक्ष विनोद थापाले बहिस्कार नै गरेका छन् । गण्डकी इन्चार्ज भण्डारीले जिल्ला अध्यक्ष थापा सम्पर्कमा नै नरहेको बताए । एउटा समूहको विरोधकाबीच कार्यक्रम भने अहिले भइरहेको जिल्ला अध्यक्ष गिरीले जानकारी दिए । एउटा समूहले भने विधि मिचेर अधिवेशन डाकिएको र आफूहरूमाथि सुनियोजित रुपमा हमला गरिएको बताएका छन् । पर्वतबाट निर्वाचित प्रदेश सभा सदस्य भक्त कुँवरले एउटा समूहको असहमतिकाबीच कार्यक्रम राखिएपछि आक्रमण नै हुनेगरी विवाद उत्पन्न भएको बताए ।
२०८२ बैशाख २५
ताजा नेपाल
२०८२ बैशाख २५
ताजा नेपाल
२०८२ बैशाख २५
ताजा नेपाल