Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

युवा संघले खोल्यो नयाँ कार्यलय

काठमाण्डौ । अन्तरपार्टी कलहले ग्रसित बनेको नेकपा एमालेको जनवग्रीय संगठन विभाजन गर्ने क्रम हटेको छैन । पार्टी अध्यक्ष केपि ओली र वरिष्ठ नेता माधव नेपाल बिच विवाद चर्किदा एकले अर्कालाई कार्यवाहीको घोषणा गरिरहेका छन् । नेताहरुको यो लडाईले विद्यार्थी, युवा, पत्रकार, बुद्धिजीवीहरु पनि विभाजित भएका छन् । पार्टी भित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो । यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।