Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

योगी बोल्दा रन्थनिए सञ्चार माफिया

काठमाडौं । २०७७ साल कात्तिक १२ गते राति ९ बजेको प्रशारणका लागि राजेन्द्र बानियाँले एभीन्युज टेलिभिजनमा लिएको डा. कर्णबहादुर थापा (सिंहनाथ योगी) को अन्तर्वार्ता प्रशारण एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारको ठाडो निर्देशनमा रोकिएको छ । ततपश्चात उक्त अन्र्वार्ता प्रशारण नगर एभिन्युज टेलिभिजनमा अन्तर्वार्ता नलिने अडान बानियाले लिएका छन् । भाष्करराजको यो हर्कत प्रेस स्वतन्त्रताको नीति र नियम विरुद्धको दादागिरी हो । व्यक्तिका आ–आफ्ना विचार र मान्यताहरु हुन सक्छन् । अन्तर्वार्ता रेकर्ड गरिसकेपछि प्रशारण पूर्व रोक्नु निन्दनीय घटना हो ।

यसरी स्वतन्त्र विचारलाई शासकहरुले आफ्नो प्रतिकुल भयो भने दमन गरेर रोकेका उदाहरण पाइन्छन् । तर मिडिया मालिकले नै हस्तक्षेप गरेर स्वतन्त्र पत्रकारिताको धज्जी उडाएको विरलै घटनामध्येको यो घटना हो । यसबाट नेपालका ठूला भनिने कर्पोरेट सञ्चार गृह र टेलिभिजनहरु निहित राष्ट्र विखण्डनको स्वार्थ बोकेर खडा भएका छन् भन्ने पनि प्रमाणित भएको छ ।

स्मरण रहोस् बोर्णबहादुर कार्की प्रेस काउन्सिलको अध्यक्ष हुँदा राष्ट्र विखण्डनका योजना बोकेका सिके राउतको अन्तर्वार्ता एभीन्युजले प्रशारण गरेको कारण प्रेस काउन्सिलले कारबाही समेत गरेको थियो । नेपाली सेनाबाट अवकाश प्राप्त डा. कर्णबहादुर थापा राष्ट्र गुरु सिद्धयोगी नरहरिनाथका चेला पनि हुन् । जसले श्रीलंकामा भएको लिट्टेको संघर्षलाई नजिकबाट अध्ययन गरेर नेपालको राष्ट्रिय सुरक्षाका विषयमा विगतमा आफ्ना अभिव्यक्तिहरु दिँदै आइरहनुभएको थियो ।

पछिल्लो चरणमा मौन जस्तै रहनुभएका डा. थापाको उक्त अन्तर्वार्ता किन रोकियो ? व्यक्तिको स्वतन्त्र अभिव्यक्तिमा यी मिडिया मालिकले किन हस्तक्षेप गरे ? आम सञ्चारकर्मी, बुद्धिजीवी, लेखक र जनसमुदायमा कौतुहलताको विषय रहेको छ भने ठूला सञ्चार गृहमा रहेका पत्रकारको अवस्था र स्वतन्त्रताप्रति प्रश्नचिन्ह खडा भएको छ ।


सम्बन्धित समाचार