Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२३ असोज, काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधि सभा सदस्यको हैसियतमा लिएको कूटनीतिक राहदानी ९रातो पासपोर्ट० फिर्ता गरेका छन् ।
आफूले राहदानी विभागमै पुगेर फिर्ता गरेको भट्टराईले जानकारी दिए ।
गत भदौ २७ गते प्रतिनिधि सभा विघटन भएको थियो । राहदानी नियमावली २०७७ को नियम १८ अनुसार पदमा नरहेको एक महिनाभित्र रातो पासपोर्ट फिर्ता गर्नुपर्ने हुन्छ ।
कूटनीतिक वा विशेष राहदानी प्राप्त सरकारी पदमा रहेको व्यक्ति कुनै कारणले आफ्नो पदबाट अलग भएमा आफू पदबाट अलग भएको र विदेशमा रहेको भए नेपाल फर्किएको मितिले एक महिनाभित्र आफ्नो र आफ्नो परिवारका सदस्यको नाममा जारी भएको कूटनीतिक वा विशेष राहदानी विभागमा फिर्ता गर्नु पर्नेछ नियम १८ को उपनियम १ मा छ ।
समयमा राहदानी फिर्ता नगरे विभागले रद्द गर्न सक्ने प्रावधान पनि छ । यससम्बन्धी व्यवस्था नियमावलीको नियम १८ को उपनियम ३ मा छ । जहाँ भनिएको छ, फिर्ता भएको राहदानी फिर्ता भएपछि र सो अवधिभित्र फिर्ता नभएका कूटनीतिक वा विशेष राहदानी उपनियम १० वा २० बमोजिमको अवधि पछि विभागले रद्द गरी सोको अभिलेख राखेछ ।
सांसदहरूले संघीय संसद् सचिवालय मार्फत समेत रातो पासपोर्ट फिर्ता गर्न सक्दछन् ।
संसद सचिवालयका अनुसार निवर्तमान सांसदहरू प्रतिमा गौतम, रमा कोइराला पौड्याल, सपना राजभण्डारी, रघुजी पन्त, कान्तिका सेजुवाल र तोसिमा कार्कीले पनि रातो पासपोर्ट फिर्ता गरिसकेका छन् ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल