Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यो अराजकताको पछाडि को छ ?

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा पराजित भएपछि उपाध्यक्ष सुवास नेवाङलाई संसदीय दलको उपनेता चयन गरेका छन् । अघिल्लो संसदमा पनि तीनै नेवाङ संसदीय दलको उपनेता थिए । यतिखेर ओलीका विश्वासपात्ररु अ आफ्नो क्षेत्रवाट अराजक स्थिति पैदा गर्दैछन् । विस्तृत शान्ति संझौताका विषयलाई उजागर गरेर देशमा कानूनी अराजकता पैदा गराउने काम हुन थालेको छ । आर्थिक रुपमा बैंकहरुवाट ऋण लिएर नतिर्ने झापाका दर्गा प्रसाई आन्दोलनका नाममा सडकमा आएका छन् । नेपालका साना लगानीका पत्रपत्रिकाहरुलाई बचाउने उद्धेस्यले स्थापना भएको विज्ञपन बोर्ड पनि यहि ढंगले प्रस्तुत भएको छ । बोर्डले होडिङ बोर्ड र राष्ट्रिय दैनिकहरुमा प्रकाशित विभिन्न कम्पनीका विज्ञापन प्रति पनि चासो लिने गरेको छ । सरकारको नीति अनुसार धम्रपान र मध्यपानको (रक्सी र चुरोट) विज्ञापन छाप्न तथा प्रसारण गर्न बन्देज लगाए पनि विज्ञापन बोर्डलाई त्यस्ता संचार माध्यमहरुले टेरेका छैनन । संसदीय घेरामा आफू असफल हुँदै गएपछि हिजो आफैले नियुक्ति गरेका व्यक्तिहरु मार्फत त्यस्ता निकायहरुलाई परिचालित गर्ने काम भएको त छैन शंका बढेर गएको छ । अहिले सत्ता गठबन्धनका नेताहरु आफ्नो नीजि स्वार्थमा केन्द्रित हुँदा समाजमा देखिएको अराजक स्थितिलाई नियन्त्रण गर्न खवरदारी गर्ने संसदको प्रमुख प्रतिपक्षले हो तर त्यो प्रतिपक्ष यो विकृति तर्फ ध्यान दिन सकिरहेको छैन ।