Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यौनसम्पर्कको बिबादले बेलायती राजकुमारको शाही पद खोस्ने प्रक्रिया सुरु

राजा चार्ल्सले राजकुमार एन्ड्रयूलाई शाही पद, उपाधि र सम्मानबाट हटाउने प्रक्रिया सुरु गरेका छन्।
एन्ड्रयूलाई विन्डसरको रोयल लजबाट हटाएर स्यान्ड्रिङ्घम इस्टेटमा सारिने भएको छ, जसको खर्च राजा चार्ल्सले व्यहोर्नेछन्।
अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणमा नाम जोडिएपछि एन्ड्रयू विवादमा आएका थिए, र उनले आरोपहरू अस्वीकार गर्दै आएका छन्।
लन्डन । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । योसँगै उनलाई विन्डसरको रोयल लजबाट हटाइने भएको छ ।

बकिङ्घम दरबारले बिहीबार राति यससम्बन्धी एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् ।

एन्ड्रयूले यो महिनाको सुरुमा ड्यूक अफ यर्क समेतका सबै शाही पद छाडेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणसँग उनको नाम जोडिएपछि उनी विवादमा आएका थिए । यसैबिच चार्ल्सले यो कदम चालेका हुन् ।

यस महिनाको सुरुमा प्रकाशित भएको भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा आफूले राजकुमार एन्ड्रयूसँग अलग–अलग तीन अवसरमा यौनसम्पर्क गरेको आरोप दोहोर्‍याएकी थिइन् । एन्ड्रयूले सधैँ ती दाबीहरूलाई अस्वीकार गर्दै आएका छन् ।

दरबारले दिएको वक्तव्यमा ‘एन्ड्रयूले आरोपहरू अस्वीकार गरे पनि यी कारबाहीहरू आवश्यक ठानिएको’ र दरबारले ‘सबै प्रकारका दुव्र्यवहारका पीडितहरूप्रति समर्थन’ जनाएको भनिएको छ । उनलाई अब स्यान्ड्रिङ्घम इस्टेटमा निजी आवासमा सारिने भएको छ ।

यसको खर्च राजा चाल्र्सले व्यहोर्ने बताइएको छ । एन्ड्रयूकी छोरीहरू राजकुमारी यूजेनी र बियाट्रिसको शाही उपाधिहरू यथावत् रहनेछन् । उनकी पूर्वपत्नी सारा फर्गुसन पनि अब रोयल लजबाट सर्नेछिन् । उनले आफ्नो बसोबासको व्यवस्था आफैं गर्ने भनिएको छ । ब्रिटिश संस्कृति मन्त्री लिसा न्यान्डीले यस निर्णयलाई यौन शोषण र ग्रुमिङका पीडितहरूको समर्थनमा शक्तिशाली सन्देश भनेकी छिन् ।

 


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल