Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

यौन दुर्व्यवहारमा दोषी ठहर कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न पुगेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरी वराहक्षेत्रका अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको हो । यौन दुर्व्यवहार मुद्दामा अदालतले कोइरालालाई दोषि ठहर गरेको थियो । उनले आफ्नै घरमा काम गर्ने नाबालिगमाथि दुर्व्यवहार गरेको भन्दै मुद्दा दायर भएपछि सुनसरी जिल्ला अदालतले कसुरदार ठहर्याएको हो । नेपाली काँग्रेसका हाइ प्रोफाइल नेताहरूसँग सङ्गत भएका उनी पहुँचको आधारमा लामो समयदेखि पक्राउ परेका थिएनन् । कोइराला अमेरिकाको टेक्ससमा बस्दै आएका थिए । घर आएका बेला गत वैशाखमा यौन दुर्व्यवहारको घटना बाहिरिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई धरौटीमा छोड्यो । तर सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई कसुरदार ठहर गरेको छ । बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रुपैयाँ भराउने फैसला भए पनि उनी पक्राउ परेका थिएनन् । अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी कोइराला लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाए लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । सुनसरीको वराहक्षेत्र नगरपालिका–७ घर भएका का ५९ वर्षीय कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले बताए । विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मङ्गलवार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर सङ्कलन अभियान चलाएको थियो ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल