Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रंगशाला लगेर सुकुम्बासी छानिने

काठमाडौं । सुकुमवासी बस्तीका बासिन्दाहरुलाई पहिला दशरथ रंगशाला लगिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो । सुरुमा रंगशाला लगिन्छ । त्यहाँ लगेर स्क्रिनिङ गरेपछि बल्ल होल्डिङ सेन्टेरमा लाने तयारी छ, भुसालले भने । उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिने बताइएको छ ।

चल्यो डोजर
सरकारको निर्देशनमा काठमाडौँ महानगरपालिकाले शनिबार बिहान थापाथली क्षेत्रस्थित नदी किनारमा रहेका सुकुमवासी बस्तीमा डोजर चलाएको छ। थापाथलीका नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउन बिहानैदेखि बाक्लो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको छ। सरकारले पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल र गैरिगाउँका सुकुमवासी बस्ती हटाउने भएको हो। यसपछि दोस्रो चरणमा बाँकी सकुमवासी बस्ती हटाइने काठमाडौँ महानगरपालिकाले जनाएको छ। यसअघि बिहीबार साँझ महानगरपालिकाको टोलीले थापाथली, सिनामंगललगायत क्षेत्रमा शुक्रबार नै बस्ती खाली गर्न माइकिङ गरेको थियो। अन्यथा शनिबार बस्ती खाली गरिने र भत्काइने संरचना र क्षति हुने व्यक्तिगत सम्पत्तिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी दिइएको थियो।


सम्बन्धित समाचार