Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘रअ’प्रमुख मोदीको विशेष दुत

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुखबीचको भेटबारे स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै पोखरेलले परराष्ट्र मन्त्रालयको जानकारीमा ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले नेपाल भ्रमण गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको दाबी गरेका छन् । ‘रअ’ प्रमुख नै परराष्ट्र मन्त्रालयको जानकारी तथा स्वीकृतिमा नेपाल आएको तथा काठमाडौंस्थित भारतीय राजदूतावासले औपचारिक रूपमा त्यसको जानकारी गराउँदै आवश्यक पत्राचार र पहल गरेको उपप्रधानमन्त्री पोखरेलेको भनाई रहेको छ । प्रधानमन्त्रीको प्रस्तुतिलाई ‘रअ’ प्रमुखले सकारात्मक रूपमा लिँदै अविलम्ब वार्ताद्वारा समाधानका लागि अघि बढ्नुपर्ने भनाइ राखेको पोखरेलको दाबी छ । ‘रअ’ प्रमुखसँग भएको वार्ताको औपचारिक टिपोट परराष्ट्र मन्त्रालयमा समेत सुरक्षित रहेको उपप्रधानमन्त्री पोखरेलको तर्क छ । पोखरेलले प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको संवाद केही समयदेखि असहज बन्न पुगेको नेपाल–भारत सबन्ध खासगरी सीमा समस्यासित र नयाँ नक्सा प्रकाशनसित गाँसिएका विषयमा केन्द्रित रहेको दाबी गरेका छन् ।


सम्बन्धित समाचार