Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रक्तचन्दन तथा यार्सागुम्बा सहित २ जना पक्राउ

काठमाडौं, १२ भदौ काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरेबाट रक्तचन्दन जस्तो देखिने ८३ केजी काठका टुक्राहरु र १ सय ५० ग्राम तौल भएको यार्सागुम्बा जस्तो देखिने जडीबुडी सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-६ रामहिटी चारघरे बस्ने ६० वर्षीय च्याबा लामा र मुगु घर भएका २० वर्षीय योन्देन ग्याम्चो तामाङ रहेका छन् । उक्त स्थानमा रक्तचन्दन बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त जडीबुडी सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार