Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रक्तदाता समाजको ४३औं जिल्ला शाखा गठन

कञ्चनपुर , आफ्नो रगतलाई साक्षी राख्दै नेपाल स्वयंसेवी रक्तदाता समाजको ४३औं जिल्ला शाखा कञ्चनपुर गठन गरिएको छ । आज नेपाल स्वयंसेवी रक्तदाता समाजको कञ्चनपुर जिल्ला शाखा गठनार्थ आयोजित विशेष कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले आफ्नो नियमित रक्तदान कार्यक्रम कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाकेन्द्रमा गर्नुभयो । यो उहाँको १८३औं पटकको रक्तदान हो । आगामी १८४औं पटकको रक्तदान कार्यक्रम रसुवामा हुने बताएका छन् ।

कार्यक्रमको सभापतित्व डा.भोजराज पन्तले गर्नुभएको उक्त कार्यक्रमले गोरख पुजार अध्यक्ष, मदन सिंह क्षेत्री,उपाध्यक्ष, उत्तम बस्नेत सचिव,बिसम्भर नाथ कोषाध्यक्ष,गण्श बोहरा,बीरबहादुर चन्द,शैलेन्द्र राज जोशी,खेमराज ऐरी,कमला थापा पाण्डेय,गीता ओली,तुलसी पनेरू,बिन्दु श्रेष्ठ र पिताम्बर जोशी सदस्यहरू रहनु भएको नेपाल स्वयंसेवी रक्तदाता समाज कञ्चनपुर शाखा गठन गरिएको छ । त्सयसैगरी सल्लाहकारहरूमा क्रमशः डा.भोजराज पन्त, डा.हिरा चन्द र प्रकाश बहादुर पाण्डेय रहनुभएको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल