Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रक्तदान गरेर कमजोर भइँदैन

पर्वत । नेपाल रेडक्रस सोसाइटीको पर्वत जिल्ला शाखाको प्राबिधिक सहयोगमा नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाद्वारा स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको नियमित रक्तदान कार्यक्रम अन्तर्गत १६९औं पटकको रक्तदान एक बिशेष कार्यक्रमको आयोजना गरि पर्वत जिल्लाको स्थानीय कुश्मा नगरपालिका वडा नं. ५, बडागाउँ नेपाल रेडक्रस सोसाइटीको प्राङ्गणमा सम्पन्न भएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज पर्वत जिल्ला शाखाका अध्यक्ष नीरबहादुर पुनको सभापतित्वमा आयोजित उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्वत जिल्ला सभापति रूद्र रिमाल र नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की जिल्ला शाखाका उपाध्यक्ष बिरेन्द्र पराजुली अतिथि रहनु भएको थियो । अतिथि बीरेन्द्र पराजुलीले आफूले पनि ३५औं पटकको रक्तदान गर्नुका साथै रक्तदानबाट कोहि पनि कमजोरी होईन्न भन्ने तथ्यलाई साबित गर्न रक्तदान लगत्तै बञ्जिजम्प गर्नुका साथसाथै कुश्मादेखि पोखरासम्म साईक्लिङ् गर्नुभएको थियोे ।
सारेगमप लिटिल च्याम् का अन्तिम पाँच प्रतियोगीमा पुग्न सफल अरूण सुनारले पनि सो कार्यक्रममा सहभागीता जनाएका थिए ।