Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रघुपति जुट मिल्सलाई पुरानो बिल तिर्न ४४ महिनाको समय

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिल्स प्रालिलाई ४४ किस्तामा पुरानो बिजुलीको बक्यौता तिर्ने सुविधा दिएको छ। जुट मिल्सले आफ्नो तिर्न बाँकी रहेको ११ करोड ९० लाख ५५ हजार रुपैयाँ बिल रकम किस्ता बन्दीमा तिर्न पाउँ भन्दै कात्तिक ८ गते प्राधिकरणमा निवेदन दिएको थियो। प्राधिकरण गत १५ गते मिल्सको निवेदनमाथि छलफल गर्दै ४४ किस्तामा तिर्ने सुविधा दिएको हो। प्राधिकरणले जुट मिल्सलाई प्रति महिना २७ लाख पाँच हजार आठ सय रुपैयाँ किस्ता रकम तोकिदिएको छ।
प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रंक तथा डेडिकेटेड लाइन लिएङ्का ग्राहकलाई जति महिनादेखि छुट बिल रकम तिर्न बाँकी रहेको हो त्यति नै महिनामा तिर्न सक्ने गरि विद्युत महशुल संकलन विनियमावली संशोधन गर्ने निर्णय गरेको थियो। महशुल संकलनको लागि सम्पूर्ण कार्यकारी अधिकार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ।