Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रड प्रहार गर्ने रोशन पक्राउ

काठमाडौं । काठमाडौं काडाँघारी बस्ने २१ वर्षीय सुरेन्द्र सिंहलाई फलामको रड प्रहार गरी घाइते बनाएको अभियोगमा काठमाडौं धुम्बाराही बस्ने सिन्धुपाल्चोकका बा.१ ख ८९२३ नम्बरको बसका सहचालक रोशन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-८ जयबागेश्वरी गौशालाबाट चावहिलतर्फ जाँदै गरेको उक्तमा बसमा भाडाको विषयलाई लिएर विवाद हुँदा सह-चालक गिरीले यात्रु सिंहलाई रड प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । घाइते सिंहको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ ।