Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रणबीर कपुरले बुवा बन्न लागेको खुसीलाई यस्ता शब्दमा व्यक्त गरेका छन्, ‘म कति खुसी छु भनेर अहिलेसम्म पनि बुझ्न सकेको छैन । खुसीका साथै असाध्यै डर पनि लागिरहेको छ । सबैकुरा राम्रो होला कि नहोला भनेर पनि चिन्ता छ । म र आलिया असाध्यै खुसी छौँ । यो हाम्रो जीवनको अत्यधिक खुसीको समय हो । हामी यसको हरेक पललाई महसुस गर्न चाहन्छौँ, यसमा खुसी हुन चाहन्छौँ ।’
‘शमशेराका मेरा निर्देशक करण मल्होत्रा हालै पिता बनेका छन् र मैले उनीबाट धेरै कुरा सिकिरहेको छु । बच्चालाई कसरी बोक्ने, कसरी हेरविचार गर्ने । म आलियालाई दुई महिनापछि भेटिरहेको छु किनभने उनी एक हलिउड प्रोजेक्टमा काम गरिरहेकी थिइन् । एक अर्कासँग समय बिताउनका लागि अब बल्ल हामीले मौका पाउनेछौँ ।’
‘मैले महसुस गरेको एउटा कुरा के हो भने जब तपाईं आमा–बुवा बन्नुुहुन्छ वा बन्ने तयारीमा हुनुहुन्छ तब तपाईंले आफ्ना आमाबुवालाई थप सम्मान र माया गर्नुहुन्छ । हालसम्म जुन मेरो हुर्काई रह्यो, जुन भ्यालु सिस्टम मेरा आमाबुवाले मलाई दिनुभयो, मेरी दिदीले पाउनुभयो, म त्यसलाई अघि बढाउन चाहन्छु ।’
‘बच्चा जन्मिएपछि तपाईंले धेरै कुरा आफसे आफ सिक्नुहुन्छ । आफ्नो बच्चाका लागि सबै कुरा गर्न थाल्नुहुन्छ र जीवनमा पहिलाभन्दा बढी गम्भीर बन्नुहुनेछ । म असाध्यै अल्छी छु र बच्चा जन्मिएपछि अझै अल्छी हुनेछु किनभने म बच्चासँग बढीभन्दा बढी समय बिताउन चाहनेछु ।’
रणबीर आफ्ना बुवा ऋषि कपुरबारे कुरा गर्दै भन्छन्, ‘म आफ्ना बुवा झैँ भगवानलाई असाध्यै धेरै मान्छु । बुवाले दिनमा दुईपटक पुजा गर्नुहुन्थ्यो । उहाँ गाडीमा बसेर कतै गइरहेका बेला बाटोमा देखिएका साना–ठूला मन्दिरको अगाडि हात जोड्नुहुन्थ्यो । उनीमार्फत् यो बानी ममा पनि विकसित भयो ।’
‘सोसल मिडियामा केही भिडियो भाइरल भएका छन् कि मैले विवाहका बेला मन्त्रलाई निकै ध्यान दिएर सुनिरहेको थिएँ, त्यो यसकारण किनभने विवाह हुनु आफैँमा एउटा ठूलो कुरा हो । त्यसैले म सबैकुरा थाहा पाउन चाहन्थेँ । पण्डितले के बोलिरहेका छन्, उनीहरुले केही गलत त भनिरहेका छैनन्, कतै गलत विवाह त गराउँदैनन्, यस्ता कुरालाई ध्यानमा राखेर म मन्त्र निकै ध्यान पूर्वक सुनिरहेको थिएँ ।’
‘म गम्भीर हुने खालको मान्छे होइन तर मलाई खुसी र दुःख देखाउन आउँदैन । जब दुःखी हुन्छु त्यतिबेला पनि त्यस्तै हुन्छु, खुसी हुँदा पनि त्यस्तै हुन्छु । धेरै खुसी हुँदा मलाई डर लाग्छ किनभने खुसी एउटा यस्तो चिज हो जुन यसरी छुट्छ कि तपाईंलाई थाहा नै हुँदैन । त्यसैले म आफूलाई यसरी तालिम दिन्छु कि जब खराब समय चल्छ तब मलाई धेरै नराम्रो लाग्दैन र जब खुसीको समय चल्छ तब म धेरै खुसी पनि हुन्नँ । म थोरै सन्तुलित तरिका अपनाउँछु ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल