Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविकाे पछि फेरि उत्रिए युवराज

काठमाडौं । आफूलाई मुद्दा मामिलाको पर्याय बनाएका अभियन्ता युवराज सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध उजुरीको अर्को श्रृंखला प्रारम्भिक गरेका छन् । सहकारी ठगीमा उनलाई आरोपित गर्दै उनी केही दिनदेखि उजुरी बोकेर विभिन्न सरकारी निकायमा धाउने क्रम जारी छ । सफलले दुई दिनअघि सहकारी विभागमा उजुरी दर्ता गराउन सफल भए । उक्त उजुरीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई र तत्कालीन महाप्रबन्धक लामिछानेमाथि हदैसम्मको कारवाही माग गरिएको छ । इकान्तिपुर र कान्तिपुर दैनिकमा प्रकाशित समाचारलाई आधार बनाउँदै सफलले उजुरी दिएका हुन् । समाचारको हवाला दिँदै उनले बुटबलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख र पोखराको सुर्यदर्शन सहकारीबाट ३० लाख रुपैयाँ गोरखा मिडियाले लिएको उल्लेख गरेका छन् । जीवी राई गोरखा मिडिया नेटवर्कको अध्यक्ष र रवि लामिछाने एमडीको जिम्मेवारीमा कायम रहेको बेलामा गैरकानूनी रुपमा सहकारीबाट रकम लिएर आजको दिनसम्म सहकारीको रकम नतिरी सहकारी ठगी, रकम हिनामिना समेत गरेको देखिन्छ । मिडियाका अध्यक्ष जीवी र एमडी रवि लामिछानेले गैरकानूनीरुपमा कम्पनीमा कर्जा लिएर नतिरी हजारों बचतकर्ताको खुन र पसिनामाथि खेलवाड गरेको अवस्था छ । अत निजहरुले उल्लेखित सहकारीबाट लिएको करिब ५२ करोडको सावाँ ब्याजसहितको हालसम्मको रकम सहकारीलाई फिर्ता गराउनसाथै हदैसम्मको कारवाही गर्न यो निवेदन पेश गरेको छु, सफलको उजुरीमा लेखिएको छ । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयमा पनि आज उजुरी दिएको बताए । सहकारी मन्त्रालयमा हिजो उजुरी लिएर गए पनि दर्ता गर्न आलटाल गरिएको बताए । अब सीआईबी जाने योजना रहेको उनले सुनाए ।


सम्बन्धित समाचार

एनपीएलको ट्रफी सार्बजनिक

२०८१ मंसिर १०

ताजा नेपाल