Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । जनताले आशा गरेका कुलमानहरुको प्रवेश गराएर रास्वपालाई ठूलो शक्ति बनाउने अवसर पार्टी सभापति रवि लामिछानेका कारण असफल भएसँगै पार्टीभित्र एकपछि अर्को संकट थपिन थालेको छ । शुक्रबार राष्टिय स्वतन्त्र पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष परियारले पार्टी छाडेका छन् । पार्टीका पूर्वप्रमुख सचेतकसेमत रहेका परियार वैचारिक नेताका रुपमा परिचित थिए । यसअघि असोज २९ गते रास्वपाकी अर्की नेतृ एवम् पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि पार्टी छाडेकी थिइन् । उनी पनि रास्वपामा वैचारिक एवम् सक्रिय भूमिका निर्वाह गर्नेमध्येकी नेतृको रूपमा स्थापित थिइन् । अध्ययनशील उनले संसद् र संसदीय समितिमा गर्ने तर्कहरूले नीतिगत तहमै अर्थ राख्थे । सोमबार पार्टी छाडेका सन्तोष परियारले पार्टीमा कसैप्रति लक्षित लाञ्छना लगाएनन् । उनले पार्टीमा वैकल्पिक राजनीति स्थापनाका लागि निरन्तर वैचारिक बहस गरे पनि त्यसलाई स्थापित गर्न नसकेको बताएका छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीको बनस्थली चमतीस्थित केन्द्रीय कार्यालय रहेको घरका मालिक भरतमणि देवकोटाले पनि १८ कात्तिकमा पार्टी सदस्यता त्यागे । उनी रास्वपा घरभेटी मात्रै थिएनन्, रास्वपा अनुशासन आयोगका पूर्वप्रमुखसमेत थिए। उनले आफू वृद्ध पनि भएकाले अब पार्टीमा सक्रिय भएर काम गर्ने अवस्था नरहेको जनाएका छन् । सन्तोष परियार, सुमना श्रेष्ठ र भरतमणिले पार्टी छाड्दै गर्दा राखेका दृष्टिकोणले पार्टीलाई वैकल्पिक धारमा स्थापित गर्न प्रयत्न गरे पनि सम्भावना नरहेको देखाएको छ । जसका कारणले निस्कलंक व्यक्तिहरूलाई पार्टीमा स्वतन्त्रतापूर्वक वैचारिक बहस गर्दै राजनीति गर्न अप्ठ्यारो हुँदा छाड्ने स्थिति बनेको अनुमान गर्न सकिन्छ । २०७९ सालको निर्वाचनबाट रवि लामिछानेको नेतृत्वमा एकाएक उदाएको थियो रास्वपा । रास्वपा परम्परागत ठूला दललाई चुनौती दिँदै वैकल्पिक राजनीतिक धार स्थापना गर्नेगरी उदाएको थियो । तर, निर्वाचनपश्चात पार्टी नेतृत्व लामिछाने जोडिएका नागरिकता, राहदानीदेखि सहकारी ठगीसम्मको श्रृंखलाबद्ध प्रकरण बाहिर आए । पार्टी नेतृत्वमा श्रृंखलाबद्ध रूपमा राष्ट्रियतादेखि ठगीसम्मको प्रकरण जोडिएपछि भने त्यसले पूरै पार्टीलाई गह्रौं नैतिक संकटमा पार्यो । पहिलो पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री भइरहेकै बेलामा लामिछाने पार्टी सभापति, मन्त्री र सांसद पदबाट मुक्त भएका थिए । ०७९ माघ १३ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको पुनः नेपालको नागरिकता प्राप्ति वैध नभएको फैसला सुनायो । जसका कारण उनले सबै पदीय जिम्मेवारी गुमाए ।
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २५
ताजा नेपाल
२०८२ फाल्गुन २४
ताजा नेपाल