Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एउटाच युवा राजनीति परिवर्तनका लागि लाग्छ भने उसलाई सहयोग गर्नुपर्छ तर यहाँ उसलाई सहयोग होइन खुट्टा तान्ने काम भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज चितवन २ मा उपचुनाव लड्न आफ्नो मनोनयन दर्ता गरे । उनी पार्टीको दलबलसहित मनोनयन दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । मनोनयन दर्ताअघि सञ्चारकर्मीहरूले रविलाई घेरेर केही प्रश्न सोध्न भ्याए । सञ्चारकर्मीको प्रश्न मूलतः अदालतमा उनी विरुद्ध दायर गर्न लागिएको पासपोर्ट दुरुपयोगको मुद्दासँग सम्बन्धित थियो । यस विषयमा रविले आफ्नो प्रष्टीकरण मात्रै दिएनन् आक्रोश र दिक्दारी पनि व्यक्त गरे । आफूले हरेक न्यायिक प्रक्रियालाई स्वीकार्ने र स्वीकार्दै आइरहेको उनले बताए । तर अनाहकमा दुख दिन खोजिएकोप्रति खेद व्यक्त गरे । उनले भने, अदालतको पूर्ण पाठमा नै लेखिएको छ कि २०१८ मा त्यागिसकिएको भनेर लेखिएको छ । त्यसलाई पनि कसैले व्याख्या गर्छ भने यदि यो देशमा म घाँडो नै भएको हुँ भने त मारिदिए पनि भइहाल्यो, त्यो एउटा उपाय त छ नि अरू त ।
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल
२०८१ मंसिर १२
ताजा नेपाल