Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेलविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। न्याय परिषद् बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा पोखरेलको नाम प्रस्ताव गरेको हो। उनीविरुद्ध टिबी कार्कीको नामबाट समितिमा उजुरी परेको हो। उनको उजुरी निवेदन समितिको २१ नम्बरमा दर्ता भएको छ। जेठ २७ गते बसेको न्याय परिषद्को बैठकले पोखरेलको नाम प्रस्ताव गरेको थियो। उजुरी निवेदनमा पोखरेल न्यायाधीश हुन नै अयोग्य भएको दाबी गरिएको छ। कार्कीले पोखरेलले उच्च अदालत दाङ तुलसीपुरको बुटवल इजलासले तथ्य र प्रमाणसहित सहकारी ठगीमा पुर्पक्ष लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको विषयमा गरेका टिप्पणी र अभिव्यक्तिले उनी अदालतको आदेश नमानी अदालतको फैसलाविरुद्ध उभिएको भनेका छन्। त्यस्तै अधिवक्ता पोखरेल गत जेठ २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा गएर रवि लामिछानेलाई थुनामा पठाएको विषयमा छलफल गर्न गएको पनि निवेदनमा उल्लेख छ। एउटा पार्टी कार्यालयमा गएर उहाँले अदालतले थुनामा पठाएको व्यक्तिको पक्षमा वकालत गर्नु कत्तिको सान्दर्भिक हो ? कत्तिको नैतिक अथवा अनैतिक हो ? प्रश्न चिह्न उठेको छ, उनले निवेदनमा उल्लेख गरेका छन्, यसरी वरिष्ठ अधिवक्ता जस्तो व्यक्तिले कुनै पार्टी कार्यालयमा गएर आरोपितको पक्षमा बोल्नु, अदालतको आदेशको अवज्ञा हुने गरी मन्तव्य राख्नु कत्तिको सुहाउँदो कुरा हो । सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित वरिष्ठ अधिवक्ता पोखरेलसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापा तथा न्याय परिषद्का प्रस्तावित सदस्य महेशकुमार नेपालको संसदीय सुनुवाइ प्रक्रिया गत जेठ ३१ गतेबाट सुरु गरेको छ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल