Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविको पार्टी नाफामा

काठमाडौं । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटक आम्दानी खर्चको विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार सो पार्टी हाल ११ लाख रुपैयाँ नाफामा देखिन्छ । पार्टीले आफ्नो वेवसाइटमार्फत हालसम्मको आय व्यय विवरण देखाएको हो । अहिलेसम्म पार्टीले परिवार, आफन्त, शुभचिन्तक र साथीहरुबाट सहायता तथा सापटी लिएको अध्यक्ष रवी लामिछानेको भनाइ छ । उनले अब पार्टी चलाउन सर्वसाधारण जनतासँग सहयोगको अपिल गरेका छन् । कुनै स्वार्थ समूहको अपारदर्शी चन्दा होइन, आम नागरिकको सकेको सहयोगको बलमा हामी चुनावको मैदानमा जान चाहन्छौं, भिडिओ सन्देशमा उनले भनेका छन्, प्राप्त रकमको पाइ पाइ हिसाब राख्नेछौं । तपाईंले आफ्नो गाँस काटेर दिनुभएको एक रुपैयाँ पैसा दुरुपयोग भयो भने मेरो छाला काढ्नुहोला ।
रविको पार्टीले हालसम्म २ करोड ५१ लाख ४४ हजार ८९४ रुपैयाँ आम्दानी गरेको आय–व्यय विवरणमा उल्लेख छ । पार्टीका सदस्यहरुले बुझाएको शुल्क तथा शुभचिन्तकको चन्दा सहयोगबाट यति रकम आम्दानी भएको हो । अहिलेसम्म १० करोड ७६ लाख ४०९ रुपैयाँ चन्दा तथा सहायताका रुपमा प्राप्त भएको छ भने संयुक्त अनुदानका रुपमा ९० लाख ३४ हजार रुपैयाँ आयआर्जन भएको छ । यस्तै, सदस्यता शुल्क, लेवी र तथा नविकरण शुल्कवापत ३ लाख ५० हजार रुपैयाँ उठेको विवरणमा जनाइएको छ । खर्चतर्फ अहिलेसम्म सभा(सम्मेलन आयोजनामा २९ लाख ९७ हजार १७५ रुपैयाँ सकिएको छ । कार्यालय खर्च ६७ लाख ४१ हजार ४३९ रुपैयाँ भएको जनाइएको छ । यस्तै, तालिम, पब्लिकेसन तथा स्थिर सम्पत्ति खरिदमा धेरै रकम खर्च भएको छ । खर्चभन्दा आम्दानी ११ लाख २५ हजार रुपैयाँ बढी छ ।
पार्टीलाई चन्दा दिनेहरुको नामावलीसमेत सार्वजनिक गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी टेकबहादुर पोखरेलले १५ लाख रुपैयाँ चन्दा दिएका छन् । सशर्त अनुदान सबैभन्दा बढी वैकुन्ठ थापाबाट २७ लाख ३३ हजार रुपैयाँभन्दा बढी प्राप्त भएको छ । रवि लामिछाने (अध्यक्ष) ले ९ लाख रुपैयाँ दिएको विवरणमा उल्लेख छ । रवि लामिछानेले संयुक्त अनुदानका रुपमा ९ लाख रुपैयाँ दिएका छन् ।