Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। उनी सोमबार दिउँसो दिल्ली विमानस्थलमा अवतरण गरेका हुन्।
भाजपा (भारतीय जनता पार्टी) को निमन्त्रणामा भारत पुगेका लामिछानेलाई विमानस्थलमा भाजपा महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए।
भ्रमण टोलीको स्वागतका क्रममा नयाँदिल्लीका विभिन्न स्थानमा सभापति लामिछानेका तस्बिरसमेत प्रदर्शन गरिएको छ। भारतमा यसअघि पनि उच्चस्तरीय राजनीतिक भ्रमणका क्रममा यस्ता स्वागत कार्यक्रम हुँदै आएका छन्।
सभापति लामिछानेसँगै सहमहामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहोरा, उनकी पत्नी निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण दलमा सहभागी छन्।
रास्वपा प्रवक्ता मनिष झाले जनाएअनुसार लामिछानेको भ्रमण जेठ १८ देखि २२ गते (जुन १ देखि ५ तारिख) सम्म रहनेछ। भ्रमणका क्रममा नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता हुने कार्यक्रम रहेको छ।
त्यस क्रममा उनले भाजपा नेतृत्वसँग भेटघाट गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग समेत संवाद गर्ने कार्यक्रम तय भएको छ।
भ्रमण दलले धार्मिक स्थल अयोध्याको समेत भ्रमण गर्ने योजना रहेको पार्टीले जनाएको छ। भ्रमण तथा भेटघाटका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जानकारी दिएको छ।
२०८३ जेष्ठ १९
ताजा नेपाल
२०८३ जेष्ठ १९
ताजा नेपाल
२०८३ जेष्ठ १९
ताजा नेपाल