Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रविन्द्र मिश्र मार्फत फालिएको सिआइए एजेण्डा

  • अर्जुन ज्ञवाली

कुनै समय नेपाल साप्ताहिकमा मनुज चौधरीको छद्म नाममा लेख्ने सञ्चारकर्मी रविन्द्र मिश्र र अजयपीनाथ छद्म नाममा लेख्ने पुर्व प्रधान सेनापति रुकमाङगत कट्वाल नेपाललाई भुटानीकरण गर्ने मिसनमा कलम चलाएका पात्रहरू हुन् । विविसी नेपाली सेवामा काम गर्दा कुनै समय नेपाललाई भारतमा विलय गराउँदा के होला ? भनेर बहस चलाउने रविन्द्र मिश्र को हुन् ? भन्ने बारेमा धेरै टिप्पणी गर्नु आवश्यक छैन । नेपालको परराष्ट्र र सुरक्षा भारतलाई बुझाएर भुटानी मोडलको राजतन्त्र राख्न सकिने सङ्केतका साथ अजयपीनाथको नाममा लेखहरू लेख्ने कट्वाल आर.एस.एससँग जोडिएर अहिले किन क्रियाशिल छन् भन्ने कुरा धेरै व्याख्या गर्नु पर्दैन । यति बेला रविन्द्र मिश्रद्वारा फालिएको जनमतसङ्ग्रहको सिआइए एजेण्डा पहिलो संविधान सभामा रुकमाङगत कट्वालले पेश गरेको रअ र सिआइएको बासी एजेण्डा हो ।

राजा ज्ञानेन्द्रले अमेरिकी मोडलको बेबि किङ जुन एजेण्डा कट्वाल र गिरीजाले बोकेका थिए अस्विकार गरे । तत्पश्चात रअका जासूसको आरोप लागेका बाबुराम भट्टराई मार्फत सांस्कृतिक राजाको एजेण्डा फालिएको थियो । त्यसलाई पनि राजा ज्ञानेन्द्रले अस्विकार गरे पछि रअ र सिआईएको योजनामा कट्वालले राजतन्त्र, सङघियता र धर्म निरपेक्षताको जनमतसङ्ग्रहको एजेण्डा पहिलो संविधान सभामा पेश गरे ।

यहि एजेण्डा अहिले नेत्र विक्रम चन्द विप्लबदेखि रविन्द्र मिश्रको मुखबाट उनको मालिकहरूले बोल्न लगाएका छन् । छद्म नाममा यस्ता विचारहरू सम्प्रेषण गर्ने पत्रकार र सञ्चार संस्थाहरू बम्बैमा चेली विक्री हुने वेश्याघर जस्तै हुन् । यस्ता संस्थामा काम गर्ने र पत्रकारको ब्यानरमा कुधन्दा चलाउनेहरू चेली बिक्री गर्ने सुकिला मुकिला दलाल जस्तै हुन् ।

कमजोर राजतन्त्रको ब्यानर देखाएर इन्डो पश्चिमा शक्ति केन्द्र रक्षा कबचको रुपमा राजाको ब्यानरमा खेलिरहेको अवस्थामा राजा ज्ञानेन्द्रले बेबि किङ र सांस्कृतिक राजा अस्विकार गरे पछि अहिले साम्राज्यवादको केन्द्र कथित नाम मात्रको नेपाली सेना सबै भन्दा सङ्कटमा छ र विघटनको अन्तिम चरणमा छ । कम्बोडियामा राजा नरोद्दम सिंमहानुक विस्थापित भएपछि जसरी सेना विघटन भएको थियो नेपालमा ठिक त्यही अवस्थाको पुनरागमन हुन गइरहेको छ । यो अवस्थामा अस्थिरतामा खेल्ने शक्तिहरू पनि विघटन हुँदै गएका छन् । कथित माओवादी र मधेसवादीको विघटन भइसकेको छ भने काँग्रेस विघटनउन्मुख छ । यो अवस्थामा जनमत सङ्ग्रहको एजेण्डा स्थापित गरेर जातीय क्षेत्रिय द्वन्द्व सिर्जना गराउँदै मुलुकलाई अफ्गानिस्थानीकरण सहित बहुराष्ट्रिय सेना उतार्ने अन्तर्गत पछिल्लो चरणमा विप्लवदेखि रविन्द्र मिश्रमार्फत यो एजेण्डा उठाइएको कुरादेखि देश भक्तहरू सचेत रहन आवश्यक छ ।

यो पक्तिकारले जनमतसङ्ग्रह बारेमा धेरै पटक लेखिसकेको छ । फेरि पनि प्रसङ्गबस तिनै कुराहरू दोहो¥याउन बाध्य हुनु परेको छ । बाह्यरुपमा जनमत सङ्ग्रह प्रजातान्त्रिक जस्तो देखिए पनि यो नेपाल विघटन गर्ने उद्ेश्यद्वारा पटक पटक अघि सारिएको छ । स्मरण रहोस् सिआइए रणनिति अन्तर्गत पश्चिमका दलालहरूले विभिन्न कोणबाट यो एजेण्डा उठाउँदै आइरहेका छन् । २०४७ को संविधानमा राजा र धर्मको जनमतसङग्रह सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायधिस विश्वनाथ उपाध्यायले घुसाउन खोजेका थिए ।

जसलार्ई डाक्टर केशरजंग रायमाझीले रोक्नु भएको थियो । २०६२÷६३ पछि यहि एजेण्डा कट्वाल मार्फत संविधान सभामा दर्ता गरियो । कमल थापाले यहि एजेण्डा बोकिरहेका छन् । प्रचण्डले हेटौडामा भएको तत्कालीन एनेकपा माओवादीको महाधिवेशनमा सिमामा जनमतसङ्ग्रहको एजेण्डा ल्याए जसलाई नारायणकाजी श्रेष्ठले रोकेका थिए । सिके रावतले मधेसमा जनमतसङ्ग्रहको एजेण्डा ल्याए भने विप्लवले वैज्ञानिक समाजवादको जनमतसङ्ग्रह र रविन्द्र मिश्रले कट्वाल र कमल थापाको जनमतसङ्ग्रहको एजेण्डा ल्याए । जुनसुकै व्यानरमा आए पनि जनमतसङ्ग्रह पश्चिमाहरूको संयुक्त एजेण्डा हो । यो एजेण्डा उठाउने पात्रहरू रअ र सीआइएका घोषित अघोषित एजेण्टहरू नै हुन् ।

यो एजेण्डामा दरबार हत्याकाण्डा राजतन्त्रको विस्थापन अनमिनको आगमन बर्हिगमनपछि पनि बहुराष्ट्रिय सेना राख्ने पश्चिमी योजना असफल भएपछि जनमतसङ्ग्रहको एजेण्डा नजिर बनाएर मधेस, लिम्बुवान, खम्बुवान आदि जातिय नारा उछालेर जनमतसङ्ग्रहको एजेण्डामा गृहयुद्ध गराएर अफ्गानिस्थान बनाउने रणनिति अन्र्तगत यो एजेण्डा ल्याइएको छ । अफ्गानिस्थानबाट खाली हात भाग्नु परेको अमेरिकालाई नेपालमा चीन र भारतको विखण्डनको लागि तालिवानी मोडलको हिंसा चाहिएको छ र त्यसका लागि जनमतसङ्ग्रह पटक पटक अगाडि सारिएको छ । विगतमा सिआइएले बोकाएको संविधान सभा र संसद पूनस्थापना जसरी १७ सालपछिको दर्भङ्गा प्लेनममा रअ र सिआईएको योजनामा ऋषिकेश शाहको सल्लाहमा पुष्पलाल र मोहन विक्रमले बोकेका थिए ।

०६२/६३ पछि यो एजेण्डा माओवादी र विश्वनाथ उपाध्यको सल्लाहमा गिरिजाले बोके । देशको अहिलेको अस्थिर र अराजकताको परिणाम यीनै एजेण्डाको परिणाम हो । आफै धामी, आफै बोक्सी भन्ने नेपाली उखान जस्तै जसले यो एजेण्डा बोकाएको छ । उसैले आफ्ना दलाललाई यसको टिप्पणी गर्न लगाउँछ र उनीहरूके दलालहरूले टेलिभिजन र पत्रपत्रिकाहरूमा पक्ष विपक्षमा बहस चलाएको नाटक मञ्चन गर्दछन् । जस्तो रविन्द्र मिश्र, कमल थापा, बाबुराम भट्टराई, सिके रावत, बिप्लव, खगेन्द्र सङग्रौला, रुकमाङगत कट्वाल आदि र अपवाद बाहेक तथा कथित बहुराष्ट्रिय कम्पनीको विज्ञापनमा चलेका पत्रकारहरू एउटै केन्द्रका हुन् ।

यसरी भएको थियो सिक्किममा जनमतसङ्ग्रह
रअको योजनामा सिक्किममा लेन्डुप दोर्जेमार्फत सिक्किम भारतमा विलय गरेपछि संविधान सभाको सिक्किम भारतमा विलय गर्ने निर्णयलाई वैधानिकता कायम गर्न सन् १९७४ अप्रिल १४ मा जनमतसङ्ग्रह गरेर वैधानिकता दिलाए । १२ बुदे सम्झौता मार्फत अवैधानिक रुपमा घोषणा गरेको गणतन्त्र, संघियता र धर्म निरपेक्षता अवैधानिक र असंवैधानिक छ । यसलाई वैधानिकता दिन इन्डो पश्चिमाहरूलाई जनमतसङ्ग्रह चाहिएको छ । त्यही रणनीति अन्तर्गत कमल थापा जस्ता काला मण्डले रविन्द्र मिश्र जस्ता सेता मण्डले, विप्लव जस्ता राता मण्डले, सिके रावत जस्ता मैदानी मण्डले, रुकमाङगत कट्वाल जस्ता सैनिक मण्डलेहरू मार्फत विभिन्न कोणहरूबाट यो एजेण्डा फालिएको छ ।

माधव कुमार नेपालदेखि नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पनि बेला बेलामा आफ्नो मालिकको आदेशमा जनमतसङ्ग्रहको एजेण्डा बक्ने गर्दछन् । अहिले यहि प्रवृत्ति चीनसँग गरिएको विकास साझेदारी एजेण्डा विआरआई र सुरक्षासँग गासिएको अमेरिकी एजेण्डा परियोजना एमसीसी एउटै हो भनेर भ्रम छर्ने दुश्प्रयास गरिरहेका छन् । जबकी बिआरआइ सुरक्षासँग जोडिएको परियोजना होइन विकास साझेदारीसँग जोडिएको परियोजना हो ।

जनमतसङग्रह एकातर्फ नेपाललाई अफ्गानिस्तानीकरण गर्ने उदेश्य छ भने अर्काे तर्फ पूर्व राजा ज्ञानेन्द्रलाई नेपालबाट लखेटेर दलाइ लामालाई बुद्ध धर्मको ब्यानरमा सिआईएले प्रयोग गरे जस्तै राजा ज्ञानेन्द्रलाई हिन्दू ब्यानरको दलाइ लामा बनाउन आरएसएस देखे स्वयम पूर्व राजा ज्ञानेन्द्रका सचिवहरू कथित नेपाली सेना र मण्डलेहरू दिलो ज्यानले लागिरहेका छन् । यही मिसन अन्तर्गत रविन्द्र मिश्र मार्फत जनमतसङ्ग्रहको एजेण्डा फालिएको छ । सबैलाई चेतना भया


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल